एनआरएनए ज्ञान तथा विज्ञ सम्मेलन अक्टोवरमा, कार्यपत्र आह्वान « Khabarhub

एनआरएनए ज्ञान तथा विज्ञ सम्मेलन अक्टोवरमा, कार्यपत्र आह्वान


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लण्डन–  आगामी अक्टोबरमा तेस्रो विश्व ज्ञान सम्मेलन हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा अक्टोबर १७ देखि १८ सम्म काठमाडौँमा सम्मेलन हुन लागेको हो ।

गैरआवासीय नेपाली संघले शुक्रवार एक पत्रकार सम्मेलन गर्दै सम्मेलनका लागि ३१ जुलाई २०२३ (श्रावण १५) देखि कार्यपत्र आह्वान गरिएको छ । साथै अन्य सहभागीहरूको लागि १५ अगष्ट २०२३ (श्रावण ३०) बाट दर्ता सुरु गरिने जनाइएको छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले नेपालको समृद्धीमा गैरआवासीय नेपालीहरूको आर्थिक लगानी जति महत्वपूर्ण छ त्यो भन्दा बढी ज्ञान, सीप र प्रविधिको लगानीको महत्व रहेको वताए । उनले गैरआवासीय नेपाली अभियानमा बौद्धिक व्यक्तित्वहरूलाई सहभागी गराउने नीति लिएको बताए ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा  ज्ञान सीप र प्रविधि विभाग प्रमुख  डा. हेमराज शर्माका अनुसार नेपाली, डायस्पोरा र अन्तर्राष्ट्रिय जगतमा ख्याति प्राप्त विज्ञहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले सो सम्मेलनको आयोजना गर्न लागिएको हो । सम्मेलनले विद्यमान सरकारी नीतिहरू, शिक्षा विज्ञान र प्रविधि विकासमा लगानी र यसको अनुसन्धान लगायतका विषयमा पनि जोड दिने सम्मेलन तयारी समितिका संयोजक डा. राजु अधिकारीले जानकारी दिए ।

‘‘विगतका वर्षमा जस्तै यसपटक पनि नेपाल सरकारसहित नेपालका शैक्षिक तथा अनुसन्धनात्मक संघसंस्था, निजी तथा सरकारी, गैरसरकारी संस्था लगायत अन्य सरोकारवालाको उपस्थितिमा सम्मेलन आयोजना गरिनेछ’, संघद्वारा शुक्रवार जारी एक विज्ञप्तिमा उल्लेख छ ।

‘सामाजिक अर्थतन्त्र विकासको लागि वैज्ञानिक अन्वेषण र लगानी’ भन्ने मूल नारा रहेको सम्मेलनमा अर्थ, विज्ञान, पूर्वाधार , कृषि र ऊर्जामा आधारित चार वटा प्लेनरी सेसन सहित ११ विभिन्न विधामा गैरआवासीय नेपाली विज्ञहरू, नेपालमा रहेका विज्ञहरू, र नेपालसँग जोडिएका विदेशी विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा विशेषतः दिगो शहरी विकास योजना, दिगो कृषि र खाद्य सुरक्षा, वातावरण, प्रकोप र जोखिम व्यवस्थापन, नवीकरणीय ऊर्जा, जैविक प्रविधि र व्यवसायिक अवसर, विज्ञान तथा प्रविधिमा लगानी र नीतिहरू, डिजिटल र एआई प्रविधि, जनसंख्या र जनस्वास्थ्य, अर्थतन्त्र र विदेशी लगानी, दिगो पूर्वाधार र निर्माण सामग्री, वैदेशिक रोजगारी र व्यवसायिक प्राविधिक शिक्षा लगायतका विषयमा वृहत छलफल गरिने छ ।

यस्तै सम्मेलनले पारम्परिक अर्थतन्त्रलाई ज्ञान र प्रविधिमा आधारित अर्थतन्त्रमा परिवर्तन गर्ने र संयुक्त राष्ट्र संघको स्थायी विकासका लक्ष्यहरू तथा नेपाल सरकारको पञ्चवर्षीय योजनालाई समेत सम्बोधन गर्ने अपेक्षा संघको छ ।

सम्मेलनको आयोजनाको लागि विभिन्न विशेषज्ञ सम्मिलित समितिहरू गठन गरिएको सम्मेलन आयोजक समितिका उपसंयोजक डा. देवी बस्नेतले बताए।  

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ७ : ५३ बजे

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित

रवि लामिछाने आज छुट्ने

काठमाडौं – सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार