केरला राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव विधान सभामा पेस « Khabarhub

केरला राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव विधान सभामा पेस


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केरलाको दक्षिणी राज्यलाई ‘भगवानको आफ्नै देश’ भनिन्छ। अब केरलाले आफ्नो पुरानो नाम फेरि अपनाउन चाहीरहेको छ । 

केरलाका मुख्यमन्त्री पिनाराई विजयनले बुधबार विधान सभामा राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव पेस गरेका छन्। प्रस्ताव प्रस्तुत गर्दै उनले केरलाको आधिकारिक नाम परिवर्तन गरेर  ‘केरलम’ राख्नुपर्ने बताए ।

सीएम विजयनले भने, ‘यस सदनमा नियम ११८ अन्तर्गत एउटा प्रस्ताव पेस गरिएको छ, केन्द्र सरकारलाई हाम्रो राज्यको आधिकारिक नाम परिवर्तन गरेर भारतको संविधानको आठौँ अनुसूचीमा समावेश सबै भाषाहरूमा ‘केरलम’ गर्न अनुरोध गर्दछु।’

मुख्यमन्त्रीले भने, ‘हाम्रो राज्यको नाम संविधानको पहिलो अनुसूचीमा केरलाको रूपमा सूचीबद्ध छ। यो सभाले सर्वसम्मतिले संविधानको धारा ३ अन्तर्गत ‘केरलम’लाई संशोधन गर्न तत्काल कदम चाल्न केन्द्र सरकारलाई अनुरोध गर्दछु, यो सदनले हाम्रो राज्यलाई संविधानको आठौँ अनुसूचीमा उल्लिखित सबै भाषाहरूमा ‘केरलम’ नाम दिन पनि अनुरोध गर्दछु’।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ३ : ३३ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म