शिक्षा ऐन जारी नभए संयुक्त आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनी | Khabarhub Khabarhub

शिक्षा ऐन जारी नभए संयुक्त आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनी


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले शिक्षा ऐन जारी गर्न नसके आन्दोलन थालिने ८ विद्यार्थी संगठनहरू चेतावनी दिएका छन्। 

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको र बैठकमा सहभागी विद्यार्थी संगठनहरू एकढिक्का भएर सशक्त आन्दोलन गर्ने सहमति भएको अखिल (क्रान्तिकारी) का प्रवक्ता उपदेश यादवले जानकारी दिए। 

विभिन्न माग राख्दै पवन कार्की नेतृत्वको अखिल (क्रान्तिकारी), नेत्र चापागाईं को नेतृत्वको नेसवियू, मिलन राई नेतृत्वको अखिल (क्रान्तिकारी), मनिष भट्टराई नेतृत्वको अनेवियू, करण बुढा क्षेत्री नेतृत्वको वैसविसं, विवेक शाह नेतृत्वको आम विद्यार्थी मोर्चा, सुमित मिश्रा नेतृत्वको विद्यार्थी जनमत संघ, पवित्रा आचार्य नेतृत्वको अखिल पाँचौं ले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलन गर्ने घोषणा गरेका छन्।

संघर्षका कार्यक्रमहरू २०८० श्रावण २८ गते दिउँसो २:०० बजे माईतिघर मण्डलामा हुने ‘सडक पत्रकार सम्मेलन’ मार्फत सार्वजनिक गरिने प्रवक्ता उपदेश यादवले बताए।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ५ : ४१ बजे

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी- म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

काँकडभिट्टा नाकाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा पूर्वी नाका

घोराहीमा रहेको ज्यामिरे दह पर्यटकको रोजाइमा

दाङ- दाङ घोराहीमा रहेको ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको

सलमानलाई यति धेरै स्वास्थ्य समस्या !

काठमाडौं – बलिउड नायक सलमान खानले आफ्नो स्वास्थ्यबारे नयाँ खुलासा

इरान आक्रमण बारे ट्रम्पले लेखे संसद्लाई पत्र

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक केन्द्रमा गरेको