छवि–शिल्पा प्रकरणले लियो नयाँ मोड– पूर्वपत्नीले हालिन् बहुविवाह भन्दै उजुरी « Khabarhub

छवि–शिल्पा प्रकरणले लियो नयाँ मोड– पूर्वपत्नीले हालिन् बहुविवाह भन्दै उजुरी


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – छविराज ओझाकी पूर्वपत्नी हेमा ओझाले छविराज ओझाविरुद्ध बहुविवाहको उजुरी दिएकी छिन् । हेमाले महानगरीय प्रहरी वृत्त, गौशालामा जाहेरी दिएकी हुन् ।

छवि र हेमाले वि.सं. २०४१ सालमा बिहे गरेका थिए ।

उनले निर्माता छविराज ओझाले आफूलाई थाहै नदिई शिल्पा पोखरेलसँग बिहे गरेको मिडियाको माध्यमबाट थाहा पाएको पनि जाहेरीमा उल्लेख छ । निवेदनमा उनले छविराज ओझाले शिल्पा पोखरेलसँग बिहे गरेको भनेर सोध्दा ‘के छ तिमीहरुसँग प्रमाण ?’ भन्दै उल्टो प्रतिप्रश्न गरेको बताएकी छिन् ।

उनले पछिल्लो समयमा मिडियामा पनि धेरै चर्चा भएपछि आफैले खोजी उहाँ नजिकका व्यक्तिहरुलाई सहयोग मागी उहाँकै कार्यालयबाट सहयोग मागी कर्मचारीमार्फत शिल्पा र छविको बिहे भएको थाहा पाएपछि उजुरी दिएको बताएकी हुन् ।

केही हप्ताअघि छविराजविरुद्ध नायिका शिल्पा पोखरेलले घरेलु हिंसाविरुद्ध उजुरी दिएकी थिइन् । शिल्पाले छविले आफूमाथि हातपात गरेको भन्दै डिभोर्स मागेकी थिइन् । यसैबीच छविकी पूर्वपत्नीले हेमाले बहुविवाहको आरोप लगाउँदै उजुरी दिएकी हुन् । हेमाका अनुसार छविले लामो समयदेखि आफूले बिहे गरेको कुरा लुकाउँदै आएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ५ : १९ बजे

बीपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

झापा– झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद