विराट कोहली बने इन्स्टाग्रामबाट सबैभन्दा धेरै कमाउने एसियाली « Khabarhub

विराट कोहली बने इन्स्टाग्रामबाट सबैभन्दा धेरै कमाउने एसियाली


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय क्रिकेट टीमका पूर्वकप्तान विराट कोहली इन्स्टाग्राममा पोस्ट गरेर सबैभन्दा धेरै कमाउने एसियाली बनेका छन् । उनले एउटा पोस्टबाट औसत ११.४५ करोड भारतीय रुपैयाँ कमाउने गरेको पाइएको छ ।

इन्स्टाग्राममा पोस्ट गरेर सबैभन्दा धेरै कमाउने समग्र खेलाडीको सूचीमा उनी तेस्रो स्थानमा छन् । यो सूचीमा फुटबल खेलाडीहरु क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

हूपर एचक्यूले २०२३ को इन्स्टाग्राम रिच लिस्ट जारी गरेको छ । यसअनुसार कोहलीले इन्स्टाग्रामको एक पोस्टबाट १३ लाख ८४ हजार डलर (करिब ११ करोड ४५ लाख भारतीय रुपैयाँ) कमाउँछन् ।

कोहली समग्र सूचीमा १४ नम्बरमा

समग्र लिस्ट हेर्दा विराट कोहली १४ औँ नम्बरमा छन् । पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डो यस सूचीको शीर्ष स्थानमा छन् । उनले एउटा पोस्टबाट ३२ लाख ३४ हजार डलर कमाउँछन् । अर्जेन्टाइन फुटबलर लियोनल मेस्सी दोस्रो नम्बरमा छन् । एक पोस्टबाट मेस्सीको कमाई २५ लाख ९७ हजार डलर छ ।

तेस्रो नम्बरमा अमेरिकी सेलिब्रेटी सेलेना गोमेज छिन् । उनले एक पोस्टबाट २५ लाख ५८ हजार डलर कमाउँछिन् ।
विश्वभरका सेलिब्रेटीहरूको सूचीमा विराट १४ औं स्थानमा छन् । यस लिस्टमा भारतीयहरुमा कोहलीपछि अभिनेत्री प्रियंका चोपडा रहेकी छिन् । एक पोस्टबाट प्रियंकाको औसत कमाई ५ लाख ३२ हजार डलर छ ।

इन्स्टाग्राममा कोहलीका २५ करोड ६० लाख फलोअर्स छन् । इन्स्टाग्राममा यति धेरै फलोअर्स हुने उनी पहिलो एसियाली हुन् ।

एसियामा इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गर्ने व्यक्तिको सूचीमा इजरायलकी अभिनेत्री गल गाडोट (१०.३ करोड फलोअर्स) दोस्रो र संगीतकार लिसा (९.४ करोड फलोअर्स) सहित तेस्रो नम्बरमा छन् ।

स्रोत एएनआई

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ४ : ४९ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको