स्वास्थ्यमन्त्री बस्नेत र युएनका आवासीय संयोजकबीच भेटवार्ता « Khabarhub

स्वास्थ्यमन्त्री बस्नेत र युएनका आवासीय संयोजकबीच भेटवार्ता


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि संयुक्त राष्ट्रसङ्घ (युएन) का आवासीय संयोजक हाना सिङ्गर–हाम्डीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

स्वास्थ्य मन्त्रालयमा भएको भेटघाटका क्रममा नेपालको स्वास्थ्य क्षेत्रमा सरकार र युएनअन्तर्गतका निकायबीच समन्वय र सहकार्य गर्ने विषयमा छलफल भएको छ । स्वास्थ्यमन्त्री बस्नेतले अहिले सरकारले स्वास्थ्य क्षेत्रमा सहज पहुँच बिस्तारका नीति लिएको जनाउँदै आर्थिकरूपमा कमजोर नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको बताए ।

‘भूकम्प, विभिन्न प्राकृतिक प्रकोप, कोभिड महामारीलगायत समयमा युएनअन्तर्गतका निकायबाट भएको आर्थिक तथा प्राविधिक सहयोग प्रशंसनीय छ’, उनले भने, ‘स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारले गरिरहेका कामसँग समन्वय गर्दै तादम्यता हुनेगरि थप सहयोगको अपेक्षा छ ।’

युएनका आवासीय संयोजक हाना सिङ्गर–हाम्डीले नेपालको कुन क्षेत्रमा कस्तो सहकार्य आवश्यक छ भनेर चाँडै छलफल गरी सोहीअनुसारका कार्यक्रम तय गर्ने विश्वास जनाइन्। ‘स्वास्थ्य मन्त्रालयको योजना र नीतिअनुसार कुन क्षेत्र र कस्ता विषयमा कार्यक्रम केन्द्रित गर्नुपर्ने हो भन्नेबारे चाँडै नै छलफल गरेर टुङ्ग्याउन सकिन्छ’, उनले भनिन्, ‘सङ्घीय सरकारसँगै प्रदेशसँग पनि हामीले कसरी सहकार्य गर्न सक्छौँ भन्नेबारे स्पष्टता आवश्यक छ ।’

नेपालले स्वास्थ्य क्षेत्रमा चाहिने सुधारका क्षेत्र पहिचान गर्नुपर्ने भन्दै संयोजक हाम्डीले सोहीअनुसार दातृ निकायले योजना तर्जुमा गर्ने बताए। युएनअन्तर्गतका निकायसँग नेपाल सरकारले कुनै पनि कामका लागि सहकार्य गर्न चाहेमा जानकारी गराउनुपर्ने जनाउँदै उनले त्यसमा सहजीकरण गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए।

जवाफमा स्वास्थ्यमन्त्री बस्नेतले यो हप्ता आफू भारत भ्रमणमा रहने जानकारी दिँदै उक्त भ्रमणबाट फर्किएपछि सरोकारवाला निकायसँग छलफल गरी युएनअन्तर्गतका निकायसँग ‘कसरी समन्वय गर्न सकिन्छ’ भन्ने विषयमा कार्ययोजना तयार गरिने बताए।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  २ : २१ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा