पहिरोमा बेपत्ता एक जनाको शव भेटियो « Khabarhub

पहिरोमा बेपत्ता एक जनाको शव भेटियो


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

दोलखा– अविरल वर्षाका कारण आइतबार दिउसो आएको भेलले बगाउँदा दोलखाको विगु गाउँपालिका–७ राखामका बाबुछोरा बेपत्ता भएकामा  छोरा पासाङ शेर्पाको शव भेटिएको छ । 

आइतबार बिहान घरबाट झण्डै एक घण्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका  ३५ वर्षीय बाबु निमदोर्जे शेर्पा र उनका छोरा  १२ वर्षीय पासाङलाई वर्षासँगै आएको पहिरोको भेलले बगाउँदा बेपत्ता भएका थिए ।  निमदोर्जे अझै फेला पार्न नसकिएको  जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक राजेस सिग्देलले बताए।

आइतबार १२ बजेतिर तीनपाटेमा निगुरो टिप्ने क्रममा अविरल वर्षासँगै माथिबाट आएको भेलले बाबुछोरालाई अम्बाटोल मुलखोलाले बगाए पछि उनीहरू बेपत्ता भएका थिए । उनका अनुसार बाबु शेर्पा नभेटिए पनि छोरा पासाङ भने हिजो साँझ नै भेटिएका थिए । 

 सो घटनापछि प्रहरी घटनास्थल पुगेर खोजी सुरु गरेको थियो  । अविरल वर्षा जारी रहेकाले खोजीकार्यमा कठिन भएको प्रहरीको भनाइ थियो । यो सातामा मात्रै अविरल वर्षाका कारण गत मंगबार तामाकोशी नदीमा तितेमाछा टिप्न गएका विगुगापा–२ ओराङका तिरिस तमाङको माथिबाट झरेको पहिराले ज्यान गएको थियो । 

त्यस्तै गत बिहीबार गौरीशंकर गाउँपालिका–७ मार्बु टोपाटारमा गएको पहिरोमा परी सोही स्थानका ५० वर्षीय देवीमाया मगर र १५ महिने नाबालक प्रिन्स थामीको  मृत्यु भएको थियो भने सोही स्थानको पहिरोमा परेका स्थानीय ६० वर्षीय कृष्ण मगर र ४९ वर्षीय हरिला श्रेष्ठ अझै फेला नपरेको प्रहरीको भनाइ थियो । 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ३ : ५३ बजे

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछ : हर्क साम्पाङ

खोटाङ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अबको निर्वाचनपछि

म्याग्दीबाट कांग्रेसकातर्फबाट गर्बुजा र भण्डारी सिफारिस

म्याग्दी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एनपीएल विजेता टोलीलाई राष्ट्रपतिले दिए बधाई

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को

युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राजदूत बर्लिनमा भेट्दै

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले