सोमबार सेयर बजारमा सामान्य गिरावट « Khabarhub

सोमबार सेयर बजारमा सामान्य गिरावट


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजार सोमबार तुलनात्मक रुपमा सुस्त देखिएको छ । नेप्से सूचक सामान्य रहँदा कारोबार रकम पनि औसतमा मात्र रहेको छ । यस दिन नेप्से सूचक ३.६१ विन्दुले घटेर २०७७.२४ अंकमा अडिएको छ । २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । 

यसअघि ३ दिन लगातार बजार बढेको थियो । तर सोमबार भने बजार सुस्त देखियो । बजार प्रत्येक दिन एउटै गति र प्रवृत्तिमा चल्दैन । घट्ने वा बढ्ने सेयर बजारको सामान्य नियम हो । सूचकका साथमा कारोबार रकम पनि प्रत्येक दिन तलमाथि भइरहन्छ ।

यस दिन २७९ कम्पनीको ५४ लाख १७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा ११ करोड २४ लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र घोराही सिमेन्ट कम्पनी परेका छन् । 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ४ : ०० बजे

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश