धार्मिक पर्यटकीय गन्तव्य भक्तपुरको विकासको आधार : ओली | Khabarhub Khabarhub

धार्मिक पर्यटकीय गन्तव्य भक्तपुरको विकासको आधार : ओली


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमाझ गौरवपूर्ण पहिचान बनाउन सकेको नेपालको धार्मिक संस्कृति, परम्परा र पहिचानलाई जोगाउन युवा वर्ग लाग्नुपर्ने बताएका छन् ।

पत्नी राधिका शाक्यसहित सूर्यविनायक नगरपालिका–८ स्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरको भ्रमण, अवलोकन, पूजा एवं आरती गर्न आएका अध्यक्ष ओलीले धार्मिक पर्यटकीय गन्तव्य भक्तपुरको विकासको आधार भएको उल्लेख गरे । 

‘हाम्रो गौरवपूर्ण धर्म, संस्कृति, परम्परा, सम्झिएर विश्वका नागरिक नेपाल घुम्न आउँछन्, पूजा दर्शन गर्न आउँछन्, हामी पनि हाम्रा परम्परागत कार्य गर्छौं,  सांस्कृतिक, संस्कार गर्ने कार्यमा सरिक हुन्छौँ,’ अध्यक्ष ओलीले भने, ‘यस्ता धर्म, चाडबाडले हाम्रो देशको महिमा विश्वमा बढाएको छ, धेरै विकसित देशमा यस्ता संस्कृति परम्परा छैनन्, सनातन धर्म भन्ने नै छैन, त्यसैले हाम्रो देश अत्यन्तै गौरवपूर्ण छ ।’

यही साउन १ गतेदेखि सुरु भएको यहाँको मेलामा स्वदेश तथा विदेशबाट आउने दर्शनार्थीको उल्लेख्य उपस्थितिले धार्मिक महत्व बढाइरहेको उल्लेख गर्दै उहाँले मन्दिरको पुनर्निर्माण सुरुदेखि नै आफूले सहयोग गर्दै आएको बताए ।  

सो अवसरमा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत, केन्द्रीय सदस्य पद्मा अर्याल, गायिका एवं पूर्वसांसद कोमल वली, बागमती प्रदेशसभा सदस्य किरण थापा, एमाले जिल्ला अध्यक्ष वचन देउजा, सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराई, वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, डोलेश्वर महादेव मन्दिर विकास समितिका अध्यक्ष धर्मराज बस्नेतलगायतले अध्यक्ष ओलीको स्वागत गरेका थिए  । उनले डोलेश्वरमा पूजा आरती गरेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  २ : ४५ बजे

सरोकारवालाको छलफल : जेन-जी आन्दोलन अब कता ?

काठमाडौं– जेन-जी आन्दोलनपश्चात् देशमा पैदा भएको परिस्थितिको विषयमा व्यवसायी, जेन-जी

जब ठूलो पर्दामा आफूलाई देखेपछि टंकको अङ्गालोमा भक्कानिए अशोक !

काठमाडौं – बाल गायक अशोक दर्जीको जीवनीबाट प्रभावित कथामा गायक

मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक

इलाम– मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ

भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं– गत असोज २३ को मन्त्रिपरिषद बैठकबाट भूमि समस्या समाधान

राजुनाथ पाण्डे निलम्बनमै रहने, उच्चले खारेज गरिदियो रिट निवेदन 

काठमाडौं– उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ