अध्यक्ष तिमिल्सिनासँग थाई नेपाली सङ्घका पदाधिकारीको भेट « Khabarhub

अध्यक्ष तिमिल्सिनासँग थाई नेपाली सङ्घका पदाधिकारीको भेट


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग थाई नेपाली सङ्घ थाइल्याण्डका पदाधिकारीले गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह गरेका छन् ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा थाइल्याण्डमा बसोबास गर्ने नेपालीभाषी थाई नागरिकलाई गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेको अध्यक्षको सचिवालयले जनाएको छ ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली मूलका नागरिकका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिए। अहिले थाइल्याण्डमा बसोबास गर्ने नेपालीहरू दोस्रो विश्व युद्धताका म्यान्मार हुँदै थाइल्याण्ड पुगेका नेपालीका चौथो पुस्ता हुन् ।

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदले उपलब्ध गराउने परिचयपत्र पाउन समेत थाइल्याण्डमा बसोबास गरेका नागरिकलाई कठिन भएको छ । परिचयपत्र नहुँदा नेपालमा आवतजावत गर्न भिसा र अन्य सुविधाबाट बञ्चित हुनु परेको तथा नेपाली मौलिक संस्कार र संस्कृतिको बोध गराउनका लागि पनि परिचयपत्र आवश्यक भएको नेपाली सङ्घ थाइल्याण्डकी अध्यक्ष वासाना राईले बताइन् । 

थाइल्याण्डमा झण्डै एक लाखको सङ्ख्यामा नेपालीभाषी रहेको अनुमान छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ५ : १७ बजे

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई