अन्तर्राष्ट्रिय मामिलामा भारतले रचनात्मक भूमिका निर्वाह गर्नसक्छ : पुटिन « Khabarhub

अन्तर्राष्ट्रिय मामिलामा भारतले रचनात्मक भूमिका निर्वाह गर्नसक्छ : पुटिन


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय मामिलामा भारतले रचनात्मक भूमिका निर्वाह गर्नसक्ने बताएका छन् ।

भारतको ७७ औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बेग्लाबेग्लै पठाएको शुभकामना सन्देशमा रुसी राष्ट्रपतिले अन्तर्राष्ट्रिय जगतमा प्रभाव र प्रतिष्ठा कमाएको भारतले विश्व मामिलामा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने उल्लेख गरेका छन् ।

“भारतले आर्थिक, वैज्ञानिक, प्राविधिक, सामाजिक र अन्य क्षेत्रमा विश्वव्यापी रूपमा मान्यता एवम् सफलता हासिल गरेको छ, विश्व मञ्चमा सम्मान प्राप्त भारतले साझा चासोका वैश्विक मामिलामा रचनात्मक भूमिका निर्वाह गर्नसक्छ” पुटिनको सन्देशमा उल्लेख गरिएको छ ।

रुस र भारतको  संयुक्त प्रयासबाट सबै क्षेत्रमा फलदायी द्विपक्षीय सहयोग विस्तारका साथै क्षेत्रीय एवं विश्वव्यापी मुद्दाहरू समाधान गर्न रचनात्मक साझेदारीलाई अझ सुदृढ बनाउन आफू तत्पर रहेको बताउँदै रुसी राष्ट्रपतिले मित्र राष्ट्रहरूको हित प्रवद्र्धनमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैगरी, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले ७७औँ स्वतन्त्रता दिवसको अवसरमा बधाई ज्ञापन गर्दैै भारत फ्रान्सको ‘विश्वसनीय मित्र’ भएको बताएका छन् । उनले गत महिना भएको प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमणको स्मरण गर्दै भविष्यमा द्विपक्षीय सम्बन्ध अझ घनीभूत हुने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ५ : १७ बजे

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम