संघीय निजामती ऐनलाई सदनमा छिटो प्रस्तुत गर्न सरकार प्रतिबद्ध छ : मन्त्री खड्का « Khabarhub

संघीय निजामती ऐनलाई सदनमा छिटो प्रस्तुत गर्न सरकार प्रतिबद्ध छ : मन्त्री खड्का


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती ऐनलाई छिटो भन्दा छिटो सदनमा प्रस्तुत गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनले बुधबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा खड्काले निजामती ऐनलाई पहिलेको तुलनामा धेरै उन्नत, समृद्ध र वैज्ञानिक बनाउन कोसिस भइरहेको भन्दै संसदको अहिलेको अधिवेशनमा नै दर्ता हुने समेत बताए ।

एक हप्ताभित्रै उक्त ऐन सदनमा प्रस्तुत गर्ने उनले बताए । मन्त्री खड्काले सुशासन र सेवाप्रवाह तथा सविधानले सुनिश्चित गरेको अधिकार कार्यान्वनको विषयलाई सरकारले जोड दिएको पनि बताए ।

उनले झन्झटिलो निर्णय प्रक्रियाका कारण लक्ष्यअनुरुप पुँजीगत खर्च नहुँदा विकास र समृद्धिका मुद्दा ओझेलमा पर्दैआएकामा सुधारको खाँचो आवश्यक रहेको जिकिर गरे ।

उपप्रधानमन्त्री खड्काले राष्ट्रसेवक कर्मचारीबाट नागरिकमैत्री सेवाप्रवाहका कारण नेतृत्वका साथै संगठन नै सुदृढ हुने बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  २ : ४५ बजे

भारतमा सुरुङ दुर्घटना, सातको मृत्यु

एजेन्सी– भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेषसहित

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको निक्षेप

गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो

जनकपुरधाम– गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती– बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी