‘स्थानीय सरकारले आन्तरिक आय बढाउनेतर्फ ध्यान दिनुपर्छ’ « Khabarhub

‘स्थानीय सरकारले आन्तरिक आय बढाउनेतर्फ ध्यान दिनुपर्छ’


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ ध्यान दिनुपर्ने बताएकी छन् । दाङको लमहीस्थित जैविक विविधता ग्रिनपार्कको अवलोकन गर्दै उनले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ पनि ध्यान दिनुपर्छ भनिन् । 

उनले भनिन्,’आन्तरिक आय बढेमा संघीय , प्रदेश सरकारसँग धेरै सहयोग लिइरहनु पर्दैन ।’ उनले यस्ता उद्यान आम्दानीको स्रोत बन्नसक्ने जनाउँदै व्यवस्थित बनाएर व्यावसायिक रुपमा अगाडि बढाएमा आन्तरिक आम्दानी पनि बढ्ने बताइन्। 

उद्यानबाट धेरै स्थानीय तहले राम्रो आम्दानी गरिरहेको जनाउँदै यस तर्फ सबै स्थानीय तहले ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले उद्यानलाई पर्यटकीयस्थल तथा विद्यार्थीको सिकाइ थलोका रुपमा पनि अगाडि बढाउन सकिने बताइन् । उक्त उद्यान लमही नगरपालिका–५ बसपार्कदेखि उत्तरतर्फ रहेको छ ।

अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा उद्यान सञ्चालनमा आएको वनका अध्यक्ष पवन शर्माले बताए। सोही ठाउँमा ३० बिघा जग्गा छ । 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ३ : ०४ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर