खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अदालतको आदेश « Khabarhub

खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अदालतको आदेश


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटको खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ । मनोमानी ढंगले बजेट विनियोजन गरिएको भन्दै नगरपालिकाविरुद्ध वडाध्यक्षहरूले उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दायर गरेका थिए ।

न्यायाधीश नवराज थपलियाको एकल इजलासले आर्थिक वर्ष २०८०-८१ को कुनै पनि बजेट कार्यान्वयन नगर्न विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिएको हो । नगरप्रमुख कमलबहादुर शाही र नगर उपप्रमुख गणेशबहादुर शाहीविरुद्ध यही साउन ११ गते नगरपालिकाका वडाध्यक्षले उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

सार्वजनिक गरिएको बजेटमा वडाका कुनै योजना नसमेटिएको, मनोमानी बजेट ल्याएको, जनतामुखी नभई जनप्रतिनिधिमुखी बजेट बनाएकोलगायतका विषयमा नगरपालिकाका ११ वडाध्यक्षको समर्थनमा नौ जनाले उजुरी दिएको वडा नं ४ का वडाध्यक्ष प्रमानन्द आचार्यले जानकारी दिए ।

‘नगरपालिकाले असार १० गते पास गरेका योजना नपरेपछि हामी अदालत गएका थियौँ’, उनले भने, ‘अहिले अदालतले कार्यान्वयन नगर्न फैसला गरेको छ ।’

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ४ : १२ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी