भदौ १५ गतेदेखि श्रृजनशील उद्यमी मेला आयोजना हुने | Khabarhub Khabarhub

भदौ १५ गतेदेखि श्रृजनशील उद्यमी मेला आयोजना हुने


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिला श्रृजनशील केन्द्रको आयोजनामा भदौ १५ गतेदेखि काठमाडौंमा श्रृजनशील उद्यमी मेला आयोजना हुने भएको छ ।

केन्द्रले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भाद्र १५ देखि १७ गतेसम्म काठमाडौंमो २० औं डाबर बाटिका तीज फेस्टिबल आयोजना गर्न लागेको जनाएको हो । उक्त तीन दिने मेला काठमाडौंको होटल मल्लमा आयोजना हुने तय भएको छ ।

साथै महिला उद्यमी मञ्च र चितवन उद्योग संघको सहकार्यमा चितवनमा पनि भाद्र २२ देखि २४ गतेसम्म २० औं तीज फेस्टिबल–तीज विशेष उद्यमी मेला आयोजना हुने महिला श्रृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले जानकारी दिइन् ।

मेलामा १० वटाभन्दा बढी स्टल असहाय, अशक्त,अपाङ्ग र ग्रामिण क्षेत्रका पिछडिएका महिलालाई निःशुल्क प्रदान गरिएको उनले बताइन् ।

आयोजकका अनुसार मेलामा विशेषतः घरेलु तथा हस्तकलाका सामाग्रीहरुको प्रर्दशनी, तीज विशेष खानाका परिकारहरु, महिला उद्यमशीलता र वित्तीय पहुँचसम्बन्धी अन्तक्रियागायतका कार्यक्रम राखिएको छ । ८० भन्दा बढि स्टल रहने मेलाको दश हजार बढिले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ४ : ४१ बजे

एक महिनामा एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३

डाइलाइसिस सेवाले मिर्गौला पीडितलाई राहत

बागलुङ– मिर्गौलाको नियमित डायलाइसिस गराउँदै आएका स्थानीय टेकनाथ शर्माले जिल्लाकै

एल क्लासिकोमा हारेको बार्सिलोनालाई राहत : एल्चेको पोस्टमा तीन गोल

काठमाडौं – एल क्लासिकोमा पराजित भएको बार्सिलोनाले ला लिगामा राहत

अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

चितवन– सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा

राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदैछन्। दोहामा