केटीहरुको समूहलाई परिचालन गरेर पीडितलाई हनीट्र्यापमा पारी रकम असुल्ने दुई जना पक्राउ « Khabarhub

केटीहरुको समूहलाई परिचालन गरेर पीडितलाई हनीट्र्यापमा पारी रकम असुल्ने दुई जना पक्राउ


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केटीहरुको समूहलाई सामाजिक सञ्जालमार्फत परिचालन गरेर पीडितलाई हनीट्र्यापमा पारी रकम असुल गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

केटीहरुको समूह र केही पुरुष व्यक्तीहरुलाई टेलिफोनबाट सम्पर्क गरी प्रत्यक्ष भेटघाट गरेर झूठा मुद्दा लगाई फसाइदिने भन्दै रकम असुली गरेको आरोपमा प्रहरीले सिन्धुलीको कमलामाई घर भई हाल सानोठिमी, भक्तपुर बस्ने आयुष्मा भन्ने आसिका रजल मगर र दोलखाको भीमेश्वर घर भई हाल काठमाडौँको तारकेश्वर बस्ने राजु खत्रीलाई पक्राउ गरेको हो ।

उनीहरुले आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले पीडितलाई दबाबमूलक ढंगले डर, धम्की र त्रास देखाई मोलमोलाई गरी विभिन्न मितिमा ४० लाख बराबरको रकम उल्लेख भएका ८ थान चेक काट्न लगाएर रकम असुल गरेको प्रहरीले जनाएको छ ।

यसै घटनाको सम्बन्धमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलिले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो ।

उनीहरुविरुद्ध आपराधिक लाभ लिन नहुने कसुरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ६ : २० बजे

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान