केटीहरुको समूहलाई परिचालन गरेर पीडितलाई हनीट्र्यापमा पारी रकम असुल्ने दुई जना पक्राउ « Khabarhub

केटीहरुको समूहलाई परिचालन गरेर पीडितलाई हनीट्र्यापमा पारी रकम असुल्ने दुई जना पक्राउ


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केटीहरुको समूहलाई सामाजिक सञ्जालमार्फत परिचालन गरेर पीडितलाई हनीट्र्यापमा पारी रकम असुल गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

केटीहरुको समूह र केही पुरुष व्यक्तीहरुलाई टेलिफोनबाट सम्पर्क गरी प्रत्यक्ष भेटघाट गरेर झूठा मुद्दा लगाई फसाइदिने भन्दै रकम असुली गरेको आरोपमा प्रहरीले सिन्धुलीको कमलामाई घर भई हाल सानोठिमी, भक्तपुर बस्ने आयुष्मा भन्ने आसिका रजल मगर र दोलखाको भीमेश्वर घर भई हाल काठमाडौँको तारकेश्वर बस्ने राजु खत्रीलाई पक्राउ गरेको हो ।

उनीहरुले आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले पीडितलाई दबाबमूलक ढंगले डर, धम्की र त्रास देखाई मोलमोलाई गरी विभिन्न मितिमा ४० लाख बराबरको रकम उल्लेख भएका ८ थान चेक काट्न लगाएर रकम असुल गरेको प्रहरीले जनाएको छ ।

यसै घटनाको सम्बन्धमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलिले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो ।

उनीहरुविरुद्ध आपराधिक लाभ लिन नहुने कसुरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ६ : २० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते