नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक हुने « Khabarhub

नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक हुने


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक गर्ने आदेश दिएको छ ।

न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासले सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक गर्ने आदेश दिएको हो । बिहीबार उच्च अदालतमा नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डेसहित १० जनाको पुनरावेदनमा सुनुवाइ भएको थियो ।​

बिहीबार सचिव पाण्डेसहित, सानु भण्डारी, डा. ईन्द्रजित राई, हरिभक्त महर्जन, आङटावा शेर्पा, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मिया, नरेन्द्र केसी र गोबिन्द चौधरीको पुनरावेदन निवेदनमाथि सुनुवाइ भएको हो ।

पूर्वगृहमन्त्री वालकृष्ण खाँण, टोपबहादुर रायमाझी, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायतको पुनरावेदनमाथि भने बिहीबार सुनुवाइ भएन ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ५ : ०६ बजे

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध १६ वटा उजुरी

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेका

काभ्रे पुगेर गगनले भने- कसैको शिर झुक्न दिने छैन  

काठमाडौं–  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो कारणले पार्टीका एकजनाको

सर्वोच्चको अवस्थाप्रति बारको सांकेतिक विरोध, मंगलबार  दिउँसो लालटिन बालिने

काठमाडौं– नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा विकसित पछिल्ला घटनाक्रम र

विरोधपछि गैरआवसीय ३६ चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज