विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

आज भदौ १, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट १८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

नाइजेरियामा सशस्त्र गिरोहसँगको भिडन्तमा ३६ सैनिकको मृत्यु

नाइजेरियाको उत्तरी क्षेत्रमा सशस्त्र विद्रोहीहरू विरुद्धको अभियानका क्रममा एम्बुस र हेलिकप्टर दुर्घटना हुँदा ३६ नाइजेरियाली सैनिकको मृत्यु भएको छ ।

नाइजेरियाली सेनाका अनुसार उत्तरी क्षेत्रमा सशस्त्र गिरोहहरूसँगको झडपको क्रममा आतङ्ककारीहरूले आक्रमण गरेको थियो ।

स्थानीयहरुले हेलिकप्टरलाई छिमेकी नाइजरको वुशीशीमा सशस्त्र गिरोहहरूले गोली हानेको बताए । यसले नाइजेरियाको उत्तरी क्षेत्रमा बन्दुकधारीहरूको बढ्दो शक्तिलाई लिएर चिन्ता बढाएको छ ।

रक्षा प्रवक्ता मेजर जनरल एडवर्ड बुबाले सञ्चारमाध्यमलाई भने, ‘सेनाले सोमबारदेखि नाइजरमा अपरेशन गरिरहेको थियो, जब सशस्त्र गिरोहहरूले उनीहरूलाई आक्रमण गरे।आक्रमण र गोली हानाहानमा तीन सैनिक अधिकृत र २२ सैनिकको मृत्यु भएको उनले बताए । सात सैनिक घाइते भएका छन् ।

यस आक्रमणले नाइजेरियाका राष्ट्रपति बोला अहमद अडेकुन्ले टिनुबुका लागि नयाँ चुनौतीहरू खडा भएको छ । हालैको सैन्य कू पछि छिमेकी नाइजरमा प्रजातन्त्र पुनर्स्थापना गर्न इकोवासको पश्चिम अफ्रिका क्षेत्रीय ब्लकद्वारा प्रयासहरूको नेतृत्व गरिरहेका छन् ।

मलेसियामा कारमा जहाज ठोक्किँदा सांसदसहित १० जनाको मृत्यु

मलेसियाको सेलाङ्गोरमा एउटा विमान दुर्घटनामा परेको छ । दुर्घटनामा दश जनाको मृत्यु भएको छ ।

मलेसियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार दुई चालक दलका सदस्य र ६ जना यात्रु बोकेको एउटा सानो विमान मलेसियाको सेलान्गोर राज्यको सुल्तान अब्दुल अजिज शाह विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।

जानकारी अनुसार विमान सडकमा रहेको एउटा कारसँग ठोक्किएको थियो । प्राधिकरणका अनुसार उक्त दुर्घटनामा विमानमा ८ जनाको मृत्यु भएको र विमानको ठक्करबाट कार चालक र मोटरसाइकल चालकसहित २ जनाको मृत्यु भएको हो ।

द गार्डियनका अनुसार दुर्घटनाग्रस्त विमान जेट भ्यालेटले सञ्चालन गरेको थियो। दुर्घटनामा मृत्यु हुनेमा पहाङका एक प्रदेश सभाका सांसद र एक उड्डयन कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका छन् ।

प्राधिकरणका प्रमुख नोर्जमान महमुदले विमान लङ्कावीको उत्तरी रिसोर्ट टापुबाट उडेको र राजधानी क्वालालम्पुरको पश्चिममा रहेको सुल्तान अब्दुल अजिज शाह विमानस्थलतर्फ आउदै गरेको थियो ।

सडकमा भएको विमान दुर्घटनाका तस्बिर र भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ, जुन निकै डरलाग्दो छ ।

पुटिन निकट चार रुसी नागरिकमाथि अमेरिकाको प्रतिबन्ध

अमेरिकाको जो बाइडेन प्रशासनले चार रुसी नागरिकलाई भिसा प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाइएकाहरुमा एलेक्सी अलेक्जेन्ड्रोभ, कोन्स्टान्टिन कुद्र्याभस्टेभ, इभान ओसिपोभ र भ्लादिमिर पानायेभ हुन् ।

यी चार व्यक्ति सन् २०२० मा रुसका विपक्षी नेता एलेक्सी नभाल्नीलाई विष खुवाउने कार्यमा संलग्न थिए ।

अमेरिकी सरकारले ग्लोबल म्याग्निस्की ऐन अन्तर्गत यी चार रुसी नागरिकलाई प्रतिबन्ध लगाएको जनाएको छ । यस ऐनले हत्या, यातना वा अन्य मानवअधिकार उल्लङ्घन गर्नेलाई गैरन्यायिक हिरासतमा राखेर वा उल्लङ्घन गर्नेको दलालको रूपमा काम गर्न निषेध गरेको छ । यी चार रुसी नागरिकलाई सन् २०२१ मा पनि फरक प्राधिकरणले प्रतिबन्ध लगाएको थियो ।

अमेरिकी प्रतिबन्धका कारण अब यी चार अभियुक्त र उनका परिवारका सदस्य अमेरिका प्रवेश गर्न पाउने छैनन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यो कारबाहीले अन्तर्राष्ट्रिय मानवअधिकार उल्लङ्घनका लागि मूल्य चुकाउनु पर्ने प्रमाण भएको बताए ।

एलेक्सी नाभाल्नी रूसका विपक्षी नेता हुन् र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचक मानिन्छन् । अगस्ट २०२० मा नाभाल्नी साइबेरियाको टम्स्क शहरबाट मस्कोको लागि उडानमा जाँदै गर्दा उनलाई विष खुवाइएको थियो ।

अस्वस्थताका कारण उनलाई उपचारका लागि जर्मनीको बर्लिन लगिएको थियो, जहाँ उनको स्वास्थ्यमा सुधार आएपछि नाभाल्नी जनवरी २०२१ मा पुनः रुस फर्किए । त्यसपछि उनी जेलमा छन् ।

हाइटीमा झडप हुँदा २ प्रहरीसहित ३० जना मारिए

मानवीय, राजनीतिक र सुरक्षा सङ्कटले नराम्रोसँग गाँजेको क्यारिबियन मुलुक हाइटीमा दुई आपराधिक समूहबीच भएको झडपमा दुई जना प्रहरीसहित ३० जना मारिएका छन् । आक्रमणमा १२ जनाभन्दा बढी घाइते भएका छन् ।

स्थानीय मानव अधिकार समूह नेशनल ह्युमन राइट्स डिफेन्स नेटवर्कका अनुसार राजधानी शहरको क्यारेफोर–फ्युइलेस र आसपासका क्षेत्रमा आक्रमणसँगै आगो लगाउँदा र दुई प्रहरी अधिकारीको पनि मृत्यु भएको छ ।

उक्त क्षेत्र गिरोहहरूको लागि एक रणनीतिक क्षेत्र हो, जसले हाइटीको राजधानी पोर्टऔप्रिन्सको ८० प्रतिशत भूभागमा यिनै आपराधिक समूहको नियन्त्रण छ । फिरौतीको लागि अपहरण, बलात्कार र सशस्त्र चोरी, मोटरमालिक वा चालकलाई धम्क्याएर गाडीको चोरी तथा हिंसात्मक अपराध यहाँ सामान्य मानिन्छन् ।

दुई समूहबीच भएको झडपका क्रममा आफ्नो घरमा आक्रमण हुँदा पोर्टऔप्रिन्स निवासी डोमिनिक चाल्र्सले आफ्नी आमा, सौतेनी बुबा, १८ वर्षीय छोरा, दुई बहिनी र एक जना भाइ गुमाएको बताइन् । आफू भने भागेर बाँच्न सफल भएको उनले जनाइन् ।

पछिल्ला दिनमा यहाँ हिंसाका घटना बढेपछि पाँच हजार बासिन्दा पलायन भएका छन् । विस्थापितमध्ये केहीले विद्यालय वा स्थानीय खेलकुद केन्द्रमा शरण लिएका छन्भने अन्य विस्थापित सडकमा नै गुजारा गरिरहेका छन् । उनीहरूलाई सरकारी अधिकारीहरूले खाना र पानीको व्यवस्था गरेका छन् ।

हेलिकोप्टर दुर्घटनामा १२ नाइजेरियाली सैनिकको मृत्यु

नाइजेरियाको नाइजर राज्यमा हेलिकोप्टर दुर्घटना हुँदा २४ जना नाइजेरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ । अबुजा सहरबाट २४९ किलोमिटर उत्तरमा मृतक र घाइते सैनिकहरू बोकेको सो हेलिकोप्टर दुर्घटना भएको अल जजीराले उल्लेख गरेको छ ।

नाइजर राज्यको शिरोरो स्थानीय क्षेत्रको चुकुबा गाउँमा सशस्त्र डाकुहरूको आक्रमणमा घाइते भएका र मारिएका सिपाहीहरूलाई उद्धार गर्न उक्त हेलिकोप्टर परिचालन गरिएको थियो ।

नाइजेरियाली सेनाका प्रवक्ता मेजर जनरल एडवर्ड बुबाले अबुजामा आयोजित पत्रकार सम्मेलनका क्रममा घटनाको पुष्टि गरेका हुन् ।

उनले दिएको जनाकारीअनुसार दुर्घटनाको समयमा विमानमा १४ जना सैनिक सवार थिए । त्यसैगरी, सात जना अन्य घाइते रहेको र तीमध्ये दुई जना विमान चालक र दुई जना चालक दलका सदस्य रहेको बताइएको छ ।

स्थानीय समाचारअनुसार चुकुबामा दुर्घटनामा पर्नुअघि उक्त हेलिकोप्टरले डाकुको आक्रमणबाट मारिएका सुरक्षाकर्मीको शव ल्याउँदै थियो । स्रोतहरूले जनाएअनुसार सो क्षेत्रमा सक्रिय सशस्त्र लडाकुले अत्याधुनिक हतियार बोकेका थिए, उनीहरुले हेलिकोप्टरमाथि आक्रमण गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

उक्त हेलिकोप्टर कडुना एयरफिल्डबाट मिन्नाको लागि उडेको तर यसको कडुना र मिन्ना दुबै स्थानको नियन्त्रण टावरसँग सम्पर्क विच्छेद भएको थियो ।

प्रिमियम टाइम्सका अनुसार स्थानीय डाकुहरूको समूहका कुख्यात नेता डोगो गिडेले आक्रमणको जिम्मा लिएका छन् । अन्सुरु नामक इस्लामिक अतिवादी समूहसँग निकट सम्बन्ध रहेको बताइने गिडेको समूहले नाइजर र चाडसहित नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा आतङ्क माच्चाउँदै आएका छन् ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

इन्डोनेसियाको होटलमा आगलागी हुँदा तीन जनाको मृत्यु

इन्डोनेसियाको राजधानी जकार्ताको दक्षिणी भागमा बिहीबार अबेर राति एउटा होटल भवनमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार राति करिब ११ः५० बजे आगलागी भएको हो । स्थानीय समय अनुसार बिहीबार केबायोरान बारुको उपजिल्लामा रहेको एफ–२ होटलमा लागेको आगो शुक्रबार दिउँसो २ः४० बजे निभाइएको थियो ।

जिल्लाका प्रहरी उपप्रमुख ट्रिबुआना रोजेनोले आगलागीमा तीनजना होटलका पाहुनाको मृत्यु भएको जनाकारी दिएका छन् । उनीहरू भेन्टिलेसन नभएको कोठामा फसेका थिए ।

आगलागीमा परी अन्य तीन जना पाहुना पनि घाइते भएका छन् र अहिले उनीहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा चुरोटको ठुटोले आगलागी भएको खुलेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ८ : ०० बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी