‘माओवादी जनताको साथमा’ अभियान सञ्चालन हुँदै | Khabarhub Khabarhub

‘माओवादी जनताको साथमा’ अभियान सञ्चालन हुँदै


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले तीन महिनासम्म ‘माओवादी जनताको साथमा’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीका उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज जनार्दन शर्माले तीन महिनासम्म जिल्लामा अभियान सञ्चालन गर्ने बताए ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले भने, “तीन महिनासम्म जनतासँग सहकार्य गर्ने कार्यक्रम अगाडि बढाउँदैछौँ, त्यसको तयारीस्वरुप पालिका, जिल्ला–जिल्लामा समन्वय, भेटघाट र बैठक हुँदैछ ।”

उपमहासविच शर्माले अभियानअन्तर्गत जनताको साथमा गएर विभिन्न कार्यक्रम गर्ने, देशमा भएका उपलब्धि, यसका लागि गरिएको योगदान, पहलकदमीका बारेमा जनतालाई स्मरण गराउने तयारीका लागि आफू जिल्ला आएको जानकारी गराए । उनले समाजवादी यात्राका बारेमा जनतालाई बुझाउने र सरकारले गरेका कामलाई जनतामा स्थापित गर्नेलगायतका गतिविधि गरिने उल्लेख गरे ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ८ : ३६ बजे

ट्रम्पले गभर्नरलाई दिए राजीनामा दिन निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीे केन्द्रीय बैङ्क फेडरल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको