राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी : उपमहासचिव पुन « Khabarhub

राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी : उपमहासचिव पुन


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी भएको बताएका छन् । पार्टी सम्बद्ध पेसागत जिल्ला समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमाथि बिना कारण हमला भइरहेको बताए । 

‘राम्रो काम गर्दा पनि सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएको छ, हामी सबै घेरा तोडेर मुलुक र जनताको पक्षमा काम गर्छौँ’, उनले भने। उनले वर्तमान सरकार गठन भएदेखि नै भ्रष्टाचार अन्त्यको अभियान थालेको बताए। 

नक्कली भुटानी शरणार्थी प्रकरण र नक्कली मोही खडा गरेर बालुवाटारस्थित ललिता निवासको सरकारी जमिन हडप्ने गिरोहमा संलग्नहरुमाथि छानबिन अघि बढेपछि सरकारविरुद्ध घेराबन्दी र आक्रमण तीव्र पारिएको उपमहासचिव पुनको जिकिर छ । 

राजनीति, प्रशासन र सुरक्षा संयन्त्रका राम्रा मानिसमाथि एकैसाथ सुनियोजित आक्रमण भइरहेको उल्लेख गर्दै उनले मुलुकमा कोही पनि राम्रा छैनन् र केही पनि राम्रो भएको छैन भन्ने भाष्य स्थापित गर्ने प्रयास भइरहेको बताए । 

आफ्नो पार्टीले विगतदेखि नै भ्रष्टाचार शून्य समाज, उत्पादन मैत्री, विकास मैत्री संरचना र सामाजिक न्यायको पक्षमा भूमिका खेल्दै आएको दाबी गर्दै उनले सरकारमा हुँदा वा नहुँदा उक्त भूमिकाबाट विमुख नहुने उल्लेख गरे ।

 उपमहासचिव पुनले केन्द्रीय समितिको निर्णयानुसार सुरु ‘घरघरमा माओवादी, जनजनमा माओवादी’, अभियानका क्रममा काठमाडौँ उपत्यकामा रक्तदान, वृक्षरोपण तथा सफाइ अभियान सञ्चालन गरिने बताए ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ४ : ३५ बजे

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल

कास्की प्रहरीद्वारा एकैदिनमा २७ फरार प्रतिवादी पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीले आज जिल्लाका विभिन्न स्थानबाट

दोस्रो आर्थिक गणना : वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणनामा देशभर गत

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम

काठमाडौं महानगरद्वारा एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने