१० खेलाडीमा सिमित सेभिल्लासँग हार्‍यो लिभरपुल « Khabarhub

१० खेलाडीमा सिमित सेभिल्लासँग हार्‍यो लिभरपुल


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रि–सिजनको मैत्रीपूर्ण खेलमा सेभिल्लासंग लिभरपुर पराजित भएको छ । सोमबार बिहान सकिएको मैत्रीपूण खेलमा युरापियन च्याम्पियन लिभरपुल स्पेनिस क्लब सेभिल्लासँग २–१ गोल अन्तरले पराजित भएको हो ।

लिभरपुलविरुद्ध रक्षात्मक खेलेको सेभिल्लाका लागि खेलको ३५ औं मिनेटमा नोलिटोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै, सेभिल्लाविरुद्ध खेलको ४४ औं मिनेटमा लिभरपुलका डिभोक ओरिजीले गोल गर्दै खेल १–१ गोल बराबरीको अवस्थामा पुर्‍याएका थिए ।

पहिलो हाफमा १–१ बराबरी रहेको खेलमा सेभिल्लाले युरोपियन च्याम्पियनलाई अन्तिमसम्म बराबरीमा रोक्दै उत्कृष्ट प्रदर्शन गर्‍यो । लिभरपुलका खेलाडीमाथि ‘किंक’ हानेपछि सेभिल्लाका जोरिस नागन्नले खेलको ७६ औं मिनेटमा रातो कार्ड पाउँदै १० खेलाडीमा सिमित भएको थियो ।

तर, खेलको अन्तिम समयमा सेभिल्लाका एलेजाद्रो पोजोले गोल गर्दै लिभरपुललाई स्तब्ध बनाए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ९ : ४२ बजे

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार