आँखा पाक्ने रोगमा ‘इन्टेरो भाइरस’ सङ्क्रमण धेरै « Khabarhub

आँखा पाक्ने रोगमा ‘इन्टेरो भाइरस’ सङ्क्रमण धेरै


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस ) मा इन्टेरो भाइरस सङ्क्रमण बढी भएको पाइएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको १० नमूना परीक्षणमा ८० प्रतिशतमा इन्टेरो भाइरस सङ्क्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नमूना संकलन गरिएको थियो । 

यसअघि प्रयोगशालाले गरेको नमूना परीक्षणमा एडिनो भाइरस देखिएको थियो । यस्तै प्रयोगशालाले सातवटै प्रदेशमा रहेका अस्पतालबाट आँखा पाक्ने रोगको भाइरसको नमूना संकलन गरेर पठाउन आग्रह गरेको छ । प्रयोगशालाले नेत्र ज्योति सङ्घलाई प्रत्येक प्रदेशबाट एक सय ५० नमूना संकलन गरेर पठाउन निर्देशन दिएको सूचना अधिकारी जैसीले जानकारी दिए । 

आँखा पाक्ने रोगका लक्षण आँखा रातो हुनु र चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा-चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुनु, सुन्निने, आँखा बिझाउने-दुख्ने र घाममा वा उज्यालोमा हेर्न गाह्रो हुनेजस्ता समस्या भाइरल कन्जङ्क्टिभाइटिसमा हुने गर्दछ ।

भाइरल कन्जङ्क्टिभाइटिस सङ्क्रमण भएपछि जथाभावी आँखा नछुने, आँखा छुनु परेमा साबुन पानीले राम्ररी हात धुने गर्नुपर्दछ । यस्तै बाहिर घाममा निस्कँदा कालो चस्मा प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने जस्ता स्याहार आँखाको गर्नुपर्दछ । 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ३ : ०६ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र