सिञ्जामा केदारनाथ महोत्सवको तयारी « Khabarhub

सिञ्जामा केदारनाथ महोत्सवको तयारी


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाको सिञ्जा गाउँपालिकाको आयोजनामा यही भदौ १० देखि १२ गतेसम्म सञ्चालन हुने ऐतिहासिक धार्मिक तीर्थस्थल केदारनाथ महोत्सवको तयारी पूरा भएको छ । पालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार गाउँपालिका–४ स्थित बुदबुदी बारेमा सम्पन्न हुने महोत्सवको भव्य रुपमा सफल पार्न तयारी र प्रचारप्रसारको कामलाई तीव्र गतिमा अघि बढाइएको छ ।

महोत्सवको सबै काम करिब सम्पन्न भइसकेको उनले बताए । सिञ्जा नेपाली भाषाको जन्मथलोसमेत हो ।  पालिकाभित्र ओझेलमा परेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने र सिञ्जाको धार्मिक पर्यटन क्षेत्रमा केदारनाथ महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष धितालको भनाइ छ ।

अब हरेक वर्ष भदौ १० गतेका दिन केदारनाथमा धार्मिक मेलासमेत गरिने भएको छ । महोत्सवलाई सफल पार्न पवित्रस्थल केदारनाथ बुदबुदीमा गाउँ कार्यपालिकाको बैठक सम्पन्न भइसकेको छ ।

महोत्सवको थप व्यवस्थापन गर्न वडाध्यक्ष र कार्यपालिका सदस्यलाई जिम्मेवारीसमेत तोकिएको छ । जिल्लाकै ऐतिहासिक पवित्र धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने र राज्यको ध्यानाकर्षण गराउनका लागि बृहत् धार्मिक महोत्सव गर्न थालिएको हो ।

उक्त महोत्सवमा विभिन्न खस वेशभूषा, जुम्ली जैविक स्याउ, राडीपाखी लगायतका अन्य सामग्रीको अवलोकन गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ३ : ४३ बजे

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति

जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको