सिञ्जामा केदारनाथ महोत्सवको तयारी « Khabarhub

सिञ्जामा केदारनाथ महोत्सवको तयारी


६ भदौ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाको सिञ्जा गाउँपालिकाको आयोजनामा यही भदौ १० देखि १२ गतेसम्म सञ्चालन हुने ऐतिहासिक धार्मिक तीर्थस्थल केदारनाथ महोत्सवको तयारी पूरा भएको छ । पालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार गाउँपालिका–४ स्थित बुदबुदी बारेमा सम्पन्न हुने महोत्सवको भव्य रुपमा सफल पार्न तयारी र प्रचारप्रसारको कामलाई तीव्र गतिमा अघि बढाइएको छ ।

महोत्सवको सबै काम करिब सम्पन्न भइसकेको उनले बताए । सिञ्जा नेपाली भाषाको जन्मथलोसमेत हो ।  पालिकाभित्र ओझेलमा परेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने र सिञ्जाको धार्मिक पर्यटन क्षेत्रमा केदारनाथ महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष धितालको भनाइ छ ।

अब हरेक वर्ष भदौ १० गतेका दिन केदारनाथमा धार्मिक मेलासमेत गरिने भएको छ । महोत्सवलाई सफल पार्न पवित्रस्थल केदारनाथ बुदबुदीमा गाउँ कार्यपालिकाको बैठक सम्पन्न भइसकेको छ ।

महोत्सवको थप व्यवस्थापन गर्न वडाध्यक्ष र कार्यपालिका सदस्यलाई जिम्मेवारीसमेत तोकिएको छ । जिल्लाकै ऐतिहासिक पवित्र धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने र राज्यको ध्यानाकर्षण गराउनका लागि बृहत् धार्मिक महोत्सव गर्न थालिएको हो ।

उक्त महोत्सवमा विभिन्न खस वेशभूषा, जुम्ली जैविक स्याउ, राडीपाखी लगायतका अन्य सामग्रीको अवलोकन गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ६ भदौ २०८०, बुधबार  ३ : ४३ बजे

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको राहदानी अध्यागमनमा पठाइयो

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई