अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष हुने | Khabarhub Khabarhub

अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष हुने


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुने भएको छ । 

यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारलाई समस्या पर्दै आएको थियो । विभागबाट जारी भएका प्रेस प्रतिनिधि प्रमाणपत्र एक वर्षको अवधिका लागि कायम रहने र प्रत्येक वर्ष नवीकरण हुने गरेकोमा अब स्थायी र स्वतन्त्र पत्रकारका हकमा प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष कायम गरिने विभागका प्रवक्ता भरत गौतम जानकारी दिए। अस्थायी प्रमाणपत्रको हकमा भने साविककै व्यवस्था निरन्तर रहने उनले जानकारी दिए। 

कानूनमा प्रमाणपत्रको अवधि तीन वर्ष भए पनि विभागले एक वर्षभित्र नवीकरण नगरे पुरानो परिचयपत्र खारेज गर्ने गरेको पत्रकारको गुनासो आएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसमा चासो देखाएका थिए । “हामीलाई खासगरी राजधानी बाहिरका पत्रकार साथीहरूबाट यो गुनासो आएपछि विभागसँग चासो राखेका थियौँ, विभागले तत्काल पहल गरेर नयाँ निर्णय गरेपछि प्रेस प्रतिनिधि प्रमाणपत्र अवधि थपिएको छ”, सञ्चार तथा सूचना प्रविधिमन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले भने । 

उनका अनुसार छापाखाना र प्रकाशनसम्बन्धी नियमावली, २०४९ को ११९१० मा प्रमाणपत्रको अवधि तीन वर्षको हुने उल्लेख भए पनि अभ्यासमा एक वर्षमै नवीकरण गर्ने प्रचलन रहेकाले त्यसमा सुधार गरेर नियमावलीअनुसार तीन आर्थिक वर्ष नै अवधि बनाउने निर्णयमा विभाग पुगेको हो ।

त्यस्तै स्वतन्त्र पत्रकारको परिचयपत्र प्राप्ति र नवीकरणका सवालमा पनि गुनासो आएकाले यसमा पनि सुधारका लागि प्रयास थालिएको उनले जानकारी दिए । ‘लामो समयसम्म पत्रकारितामा लागिरहेका अग्रजले स्वतन्त्र पत्रकार परिचयपत्र पाउने र नवीकरण गर्ने सवालमा असजिलो भयो भन्ने गुनासो गरिरहनुभएको छ’, केसीले भने, ‘यसलाई सहज बनाउन के गर्न सकिन्छ, छलफल भइरहेको छ, यसमा पनि विभागले गृहकार्य गरिरहेको छ ।’

त्यस्तै विभागले एफएम रेडियो इजाजत र लाइसेन्स प्रतिलिपि पनि अनलाइनमै पाउने व्यवस्था गरेको छ । विभागको वेबसाइटको ‘अन्य’ बाट प्रवेश गरेर निवेदन दिई सोको निर्णयपश्चात् विभागबाट निवेदकको सम्बन्धित जिल्ला हुलाक कार्यालयमा सो प्रतिलिपि पठाइने व्यवस्था मिलाइएको विभागका प्रवक्ता गौतमले जानकारी दिए । 

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ६ : ०४ बजे

रास्वपाबाट निलम्बित भए नेता कँडेल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल र भारतका विभिन्न शैक्षिक

कांग्रेस सर्लाहीका सभापतिले दिए राजीनामा 

काठमाडौं– नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिएका छन्

प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक पेस

काठमाडौं– विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,

माइतीघरदेखि बानेश्वरसम्म प्याब्सन र एन-प्याब्सनको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आन्दोलनमा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)

रास्वपा नेता कँडेल : प्लस टुदेखि डिग्रीसम्मकै सर्टिफिकेट नक्कली, पाएका थिए ६ महिना जेलसजाय

काठमाडौँ – चितवनको पदमपुरस्थित भीमोदय माध्यमिक विद्यालयमा प्रधानाध्यापक हुँदा देशकै