न्युजिल्याण्डद्वारा चीनमाथि जासुसीको आरोप « Khabarhub

न्युजिल्याण्डद्वारा चीनमाथि जासुसीको आरोप


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वेलिङ्टन- न्युजिल्याण्डले चीनमाथि जासुसीको आरोप लगाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार न्युजिल्याण्डको सुरक्षा गुप्तचर सेवाले चीनमाथि जासुसी र वाह्य हस्तक्षेपको आरोप लगाएको हो ।

उक्त गुप्तचर सेवाको प्रतिवेदनमा चीनले न्युजिल्याण्डमा बसोबास गर्दै आएका चिनियाँ नागरिकमाथि निगरानी गर्दै आएको समेत जनाइएको छ ।

अमेरिका, क्यानाडा, बेलायत र अस्ट्रेलियासँगै न्युजिल्याण्ड ‘फाइभ आइज’ भनिने गुप्तचर गठबन्धनको सदस्यसमेत हो । यद्यपि चीनप्रति नरम नीति लिएको भन्दै पछिल्लो समय न्युजिल्याण्डको आलोचनासमेत हुँदै आएको थियो ।

आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको चीनलाई चिढ्याउन नचाहेको अर्थमा न्युजिल्याण्डको नरमपनालाई लिने गरिएको थियो । सन् २०१९ मा न्यूजिल्याण्डको क्राइस्टचर्चमा रहेको एक मस्जिदमा भएको गोलीकाण्डपछि न्यूजिल्याण्डले उच्च सुरक्षा सतर्कता अपनाइरहेको बताइन्छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  २ : ३४ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा