काठमाडौँमा ‘बुस्टर डोज’ अभियान सञ्चालन | Khabarhub Khabarhub

काठमाडौँमा ‘बुस्टर डोज’ अभियान सञ्चालन


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको छ ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी अञ्जना खड्का कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउन बाँकी रहेकालाई अभियान सञ्चालन गरिएको जानकारी दिए ।

यही भदौ ५ गतेदेखि भदौ ११ गतेसम्म १२ वर्षदेखि माथिका सबैलाई पहिलो, दोस्रो मात्राका साथै पहिलो बुस्टर डोज र दोस्रो बुस्टर डोज लगाइनेछ । उनले बुस्टर डोज लगाउन छुटेकाका लागि पनि पहिलो बुस्टर डोज दिइने बताए । उनले दोस्रो बुस्टर कम भएकाले लगाउने सङ्ख्या कम भएकाले पनि अभियान सञ्चालन गर्नुपरेको बताए ।

सूचना अधिकारी खड्काले बुस्टर डोज लगाउन छुट भएकालाई लगाउन आग्रह गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, नगर अस्पताल र सरकारी तथा गैरसरकारी अस्पतालमा खोप लगाइनेछ ।

यसअघि नियमितरूपमा कार्यालयले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताललगायत अस्पतालबाट खोप उपलब्ध गराउँदै आएको थियो ।

अहिले कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै घटेको छ । शून्य सङ्ख्यामा समेत सङ्क्रमण घटेको पाइएको छ । भदौ ५ गते एक सय ६१ जनामा गरिएको परीक्षणमा तीन जनामा सङ्क्रमण देखिएको थियो ।

विद्यार्थीलाई डेङ्गु र आँखा पाक्ने रोगप्रति सचेतना फैलाउन आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीलाई डेङ्गु र आँखा पाक्ने रोगप्रति सचेतना फैलाउन मातहतका निकायलाई आग्रह गरेको छ ।

केन्द्रको योजना तथा अनुगमन शाखाका शाखा अधिकृत प्रकाशकुमार खरेलले सातवटै प्रदेशका शिक्षा सम्बद्ध मन्त्रालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गर्दै डेङ्गु र आँखा पाक्ने रोग फैलिरहेकोले शिक्षक, विद्यार्थी र कर्मचारीलाई सतर्कता रहन आग्रह गरिएको छ । केन्द्रले डेङ्गु र आँखा पाक्ने रोगबारे सचेतना फैलाउनसमेत आग्रह गरेको छ ।

“डेङ्गु र आँखा पाक्ने जस्तो रोग छिट्टै फैलिने र विद्यार्थी तथा कर्मचारीको स्वास्थ्यलाई असर पार्ने भएकाले शिक्षक, विद्यार्थी तथा कर्मचारीलाई प्रकोपको अवस्थामा सो रोगको लक्षण, रोकथामका उपाय र सुरक्षाका लागि चाल्नुपर्ने उपयुक्त कदमबारे सचेतना जगाउनका लागि सही र सान्दर्भिक जानकारी प्रदान गर्न आवश्यक रहेको छ”, परिपत्रमा उल्लेख गरिएको छ ।

केन्द्रले शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्य सुनिश्चित गर्दै पठनपाठनमा निरन्तरताका लागि डेङ्गु र आँखा पाक्नेसम्बन्धी सूचना राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले तयार पारेको सामग्री प्रसारण गरी विद्यालयको शिक्षण सिकाइ क्रियाकलापलाई सुरक्षितरूपमा निरन्तरता दिनसमेत आग्रह गरेको छ ।

आँखा पाक्ने रोग देशभरका जिल्लामा तीव्र गतिमा फैलिरहेको र विगत केही सातादेखि सातवटै प्रदेशमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ८ : ५८ बजे

बाढीबाट जोगाउन तटबन्ध निर्माण

कञ्चनपुर– स्याली नदीको बाढीको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिका–५ का बासिन्दालाई

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन आयोगको

 नेपाली महावाणिज्य दूतावासबाट नेपाल-चीन व्यापार सहजीकरणबारे‍ अन्तरक्रिया

काठमाडौं– नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल–चीन व्यापार सहजीकरण र व्यवस्थापनका

बिहानै डाकिएको काठमाडौं महानगरको श्रोत व्यवस्थापन बैठक अनिश्चित , प्रवक्ता मानन्धर भन्छन्- आधिकारिक जानकारी छैन

काठमाडौं– काठमाडौं महानगरपालिकामा बुधबार बस्ने भनिएको स्रोत अनुमान तथा बजेट

राजुनाथको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं- काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अन्तरिम