रुसमा विमान दुर्घटना हुँदा वागनर समूहका प्रमुखसहित १० जनाको मृत्यु « Khabarhub

रुसमा विमान दुर्घटना हुँदा वागनर समूहका प्रमुखसहित १० जनाको मृत्यु


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन सहित १० जना सवार एक विमान दुर्घटना भएको छ ।

रुसको नागरिक उड्डयन एजेन्सीका अनुसार विमानमा सवार सबैको मृत्यु भएको छ। विमान राजधानीबाट करिब ३०० किलोमिटर उत्तरमा टभर क्षेत्रको कुझेनकिनो गाउँ नजिकै दुर्घटना भएको हो।

जहाजमा तीन जना चालक दलका सदस्यसहित १० जना सवार थिए। प्रारम्भिक जानकारीका अनुसार जहाजमा सवार सबैको मृत्यु भएको छ,’ रुसको आपत्कालीन अवस्था मन्त्रालयले भनेको छ।

यो विमान कसैले आक्रमण गरेर जमिनमा खसालेको हो या अरु कुनै कारणले दुर्घटना भएको हो भन्ने यकिन भइसकेको छैन ।

रुसको संघीय हवाई यातायात एजेन्सी रोसाभिएट्सियाले प्रिगोजिन र वाग्नर समूहका कमाण्डर दिमित्री उटकिनसहित सात यात्रुहरूको नाम प्रकाशन गरेको छ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ७ : २१ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको