संसद विकास कोषबारे सर्वोच्चको आदेश शक्ति पृथकीकरणको सिद्धान्तविपरीत : प्रमुख सचेतक लेखक « Khabarhub

संसद विकास कोषबारे सर्वोच्चको आदेश शक्ति पृथकीकरणको सिद्धान्तविपरीत : प्रमुख सचेतक लेखक


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद विकास कोषसम्बन्धी रिटको सुनुवाइका क्रममा सर्वोच्च अदालतको आदेश शक्ति पृथकीकरणको सिद्धान्तविपरीत रहेको बताएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले सदनले पास गरेको विनियोजन विधेयकमा रहेको संसद विकास कोषसम्बन्धी विषय कार्यान्वयन नगर्नू भनेर सर्वोच्चले दिएको आदेश आधारभूत रुपले लोकतन्त्रको शक्ति पृथकीकरणको सिद्धान्तविपरीत रहेको बताएका हुन् ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले सीमा भित्र रहेर काम गर्नुपर्ने भन्दै उनले राज्यका तीन अंगले अर्काको सीमामा हस्तक्षेप गर्दा लोकतन्त्र कमजोर हुने जिकिर गरे । उनले आफूसँग भएको स्रोतको विनियोजन गर्ने कानून बनाउने काम संसदको काम भएकाले यसलाई हस्तक्षेपले संसदीय व्यवस्थालाई कमजोर बनाउने धारणा राखे ।

लेखकले न्यायिक क्रियाशिलताले धेरै देशहरुमा लोकतन्त्रलाई समाप्त पार्ने काम गरेको समेत बताए ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ५ : ३६ बजे

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को