भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको जोर्नी प्रत्यारोपण « Khabarhub

भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको जोर्नी प्रत्यारोपण


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

भरतपुर- भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको शल्यक्रिया गरी जोर्नी प्रत्यारोपण गरिएको छ । हिपको हड्डी भाँचिएर अस्पताल आएकी गोरखाकी गङ्गा गुरुङको सफल शल्यक्रिया गरिएको हो ।

अस्पतालका जोर्नी प्रत्यारोपण विशेषज्ञ डा मनोज कँडेलका अनुसार भदौ ३ गते अस्पताल भर्ना भएकी उनको भदौ ५ गते जोर्नी प्रत्यारोपण गरिएको हो । हाल गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

एनेस्थेसिया (शल्यक्रिया गर्दा बेहोस बनाउने काम) र शल्यक्रियाका हिसाबले चुनौतीपूर्ण रहेपनि सफलतापूर्ण शल्यक्रिया गरिएको डा कँडेलले बताए । उनका हनुसार बिरामीको हिपको गेडी परिवर्तन गरिएको छ ।

गुरुङलाई अस्पतालको हाडजोर्नी विभागमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखी उपचार भइरहेको डा कँडेलले जानकारी दिए । उनले भने, “उहाँ हिँड्न थाल्नुभएको छ । विस्तारै निको हुने विश्वास हामीले लिएका छौँ ।”

सबैभन्दा धेरै उमेरमा सफल शल्यक्रिया गरिएको अस्पतालको यो पहिलो घटना भएको उनले दाबी गरे ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ६ : ५८ बजे

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति

सिन्धुलीकी टङ्कमायाको हत्यामा संलग्न रहेको अरोपमा दुई जना पक्राउ

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको

पर्वतारोहण सङ्घलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल

१५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु

काठमाडौं – काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति

नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा सुशासन,