कानूनले हतकडी लगाउन सक्ने कुनै ठाउँ राखेको छैन : अध्यक्ष ओली « Khabarhub

कानूनले हतकडी लगाउन सक्ने कुनै ठाउँ राखेको छैन : अध्यक्ष ओली


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म आफूले कानूनभन्दा बाहिर गएर कुनै निर्णय नगरेको बताएका छन् ।

आज नेपाल राष्ट्रिय भूपूसैनिक तथा प्रहरी सङ्गठनले भक्तपुरमा आयोजना गरेको बृहत् जिल्ला भेलामा बोल्दै उनले विगतमा आफूले नेतृत्व गरेको सरकारको पालामा कानून पल्टाएर मात्रै निर्णय गरेको जिकिर गरे ।

उनले भने, “सुन तस्करीलगायतका अनगिन्ती भ्रष्टाचारका काण्ड छोप्न एमालेले भ्रष्टाचार ग¥यो भनेर विषयवस्तुलाई अन्तै मोड्न खोजिँदैछ, मलाई कानूनले हतकडी लगाउन सक्ने कुनै ठाउँ राखेको छैन । म प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री र गृहमन्त्री हुँदा मेरा काम कारबाही एक शब्द नचिप्लियोस् भनेर मैले कानूनका पाना पल्टाइपल्टाइ निर्णय गरेको छु त्यसैले कसैको इच्छाले केपी ओलीलाई फसाउन सकिन्छ, हतकडी लगाउन सकिन्छ भनेर नसोचे हुन्छ ।”

आफू देश बनाउने अभियानमा अगाडि बढिरहेको भन्दै उहाँले विरोधीले आफूलाई माकुराको जालो बुनिरहेको टिप्पणी गरे । “अहिलेको भ्रष्टाचार ढाकछोप गर्न झापाको टि स्टेटको कुरा निकाल्दै छन्, हेरे हुन्छ, त्यति खेर ७० बिघा जग्गा कसको पालामा बिक्री भएको हो, जथाभावी गर्नुहुन्न भनेर त्यसपछि मैले नियम बनाइदिएको छु, त्यसैले रोकिएको छ”, उनले भने, “त्यसैले मलाई फसाउन नसोचे हुन्छ, माकुराको जालोमा कहिल्यै भैँसी पर्दैन, त्यस्ता जालो न खुट्टाले थाहा पाउँछ, न सिङले थाहा पाउँछ न त जिउले नै थाहा पाउँछ ।”

झुठो आरोपमा आफूलाई कसैले गोली हान्न सक्छ तर त्यसमा मलाई कुनै आपत्ति छैन भन्दै उनले पञ्चायकालमा हुँदै नभएको दोष लगाएर जेलमा १० वर्ष भुक्तान भइसके पनि विभिन्न बाहना बनाएर थप चार वर्ष राखे जस्तैको समय र बेला अहिले होइन भने ।

अहिले जातजाति, भाषाभाषी, धर्म र संस्कृतिका नाममा नेतृत्वमा रहेकाले नै जनता जुधाएर ताली बजाउन खोजेको भन्दै एमाले अध्यक्ष ओलीले भने, “नुवाकोटमा वर्षको एक पटक गोरु जुधाइन्छ, विचरा ती गोरुहरूबीच कुनै द्वन्द्व हुँदैन, झगडा हुँदैन तर बाँधिरहेको ठाउँबाट फुकाएर ल्याएर त्यहाँ जुधाइन्छ, र सिङ त्यो गोरुको भाँचिन्छ, पीडा त गोरुलाई हुन्छ, जुधाउने माथि ताली बजाएर रमाइलो लिन्छन्, अहिले तिनै बाहुनले जनतालाई जुधाएर, देशका साम्प्रदायिक द्वन्द्व फैलाएर मनोरञ्जन लिइरहेका छन्, यसतर्फ जनता सचेत हुनुपर्छ ।”

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  १० : २७ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी