कानूनले हतकडी लगाउन सक्ने कुनै ठाउँ राखेको छैन : अध्यक्ष ओली | Khabarhub Khabarhub

कानूनले हतकडी लगाउन सक्ने कुनै ठाउँ राखेको छैन : अध्यक्ष ओली


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म आफूले कानूनभन्दा बाहिर गएर कुनै निर्णय नगरेको बताएका छन् ।

आज नेपाल राष्ट्रिय भूपूसैनिक तथा प्रहरी सङ्गठनले भक्तपुरमा आयोजना गरेको बृहत् जिल्ला भेलामा बोल्दै उनले विगतमा आफूले नेतृत्व गरेको सरकारको पालामा कानून पल्टाएर मात्रै निर्णय गरेको जिकिर गरे ।

उनले भने, “सुन तस्करीलगायतका अनगिन्ती भ्रष्टाचारका काण्ड छोप्न एमालेले भ्रष्टाचार ग¥यो भनेर विषयवस्तुलाई अन्तै मोड्न खोजिँदैछ, मलाई कानूनले हतकडी लगाउन सक्ने कुनै ठाउँ राखेको छैन । म प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री र गृहमन्त्री हुँदा मेरा काम कारबाही एक शब्द नचिप्लियोस् भनेर मैले कानूनका पाना पल्टाइपल्टाइ निर्णय गरेको छु त्यसैले कसैको इच्छाले केपी ओलीलाई फसाउन सकिन्छ, हतकडी लगाउन सकिन्छ भनेर नसोचे हुन्छ ।”

आफू देश बनाउने अभियानमा अगाडि बढिरहेको भन्दै उहाँले विरोधीले आफूलाई माकुराको जालो बुनिरहेको टिप्पणी गरे । “अहिलेको भ्रष्टाचार ढाकछोप गर्न झापाको टि स्टेटको कुरा निकाल्दै छन्, हेरे हुन्छ, त्यति खेर ७० बिघा जग्गा कसको पालामा बिक्री भएको हो, जथाभावी गर्नुहुन्न भनेर त्यसपछि मैले नियम बनाइदिएको छु, त्यसैले रोकिएको छ”, उनले भने, “त्यसैले मलाई फसाउन नसोचे हुन्छ, माकुराको जालोमा कहिल्यै भैँसी पर्दैन, त्यस्ता जालो न खुट्टाले थाहा पाउँछ, न सिङले थाहा पाउँछ न त जिउले नै थाहा पाउँछ ।”

झुठो आरोपमा आफूलाई कसैले गोली हान्न सक्छ तर त्यसमा मलाई कुनै आपत्ति छैन भन्दै उनले पञ्चायकालमा हुँदै नभएको दोष लगाएर जेलमा १० वर्ष भुक्तान भइसके पनि विभिन्न बाहना बनाएर थप चार वर्ष राखे जस्तैको समय र बेला अहिले होइन भने ।

अहिले जातजाति, भाषाभाषी, धर्म र संस्कृतिका नाममा नेतृत्वमा रहेकाले नै जनता जुधाएर ताली बजाउन खोजेको भन्दै एमाले अध्यक्ष ओलीले भने, “नुवाकोटमा वर्षको एक पटक गोरु जुधाइन्छ, विचरा ती गोरुहरूबीच कुनै द्वन्द्व हुँदैन, झगडा हुँदैन तर बाँधिरहेको ठाउँबाट फुकाएर ल्याएर त्यहाँ जुधाइन्छ, र सिङ त्यो गोरुको भाँचिन्छ, पीडा त गोरुलाई हुन्छ, जुधाउने माथि ताली बजाएर रमाइलो लिन्छन्, अहिले तिनै बाहुनले जनतालाई जुधाएर, देशका साम्प्रदायिक द्वन्द्व फैलाएर मनोरञ्जन लिइरहेका छन्, यसतर्फ जनता सचेत हुनुपर्छ ।”

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  १० : २७ बजे

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप