ट्रम्पद्वारा जर्जियास्थित काउन्टी जेलमा आत्मसमर्पण, २० मिनेटमै रिहा « Khabarhub

ट्रम्पद्वारा जर्जियास्थित काउन्टी जेलमा आत्मसमर्पण, २० मिनेटमै रिहा


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले जजिर्या राज्यको एटलान्टास्थित फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् ।

सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जर्जियामा धाँधली गराएको आरोपमा एटलान्टाको अदालतले उनलाई दोषी ठहर गरेपछि ट्रम्पले जेल समक्ष आत्मसमर्पण गरेका हुन् ।

ट्रम्पसँगै उनका १९ जना सहयोगीहरूले पनि फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । अदालतले ट्रम्पलाई दुई लाख डलरको जरिवाना गर्ने फैसला पनि गरेको छ । पूर्व राष्ट्रपति ट्रम्प जेलमा पुगेपछि जेलका अधिकारीहरूले उनलाई नियन्त्रणमा लिएका थिए ।

त्यसपछि ट्रम्पलाई कैदी नम्बर दिएर फोटो लिनुका साथै शारीरिक हुलियाको पनि रेकर्ड राखिएको थियो । आत्मसमर्पण गर्दा ट्रम्पको औंठा छाप र अनुहारको फोटो लिइएको छ ।

जेलमा २० मिनेट बिताएर धरौटीमा छुटेका ट्रम्प विमानस्थलतर्फ लागेका हुन् । ट्रम्प जेलमा पुग्दा उनका समर्थकहरू पनि भेला भएका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ८ : ३५ बजे

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन