मेयर साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न अन्तरिम आदेश | Khabarhub Khabarhub

मेयर साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न अन्तरिम आदेश


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको छ ।

बिहीबार उच्च अदालत विराटनगरका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न र थुनामा नराख्न आदेश दिएको हो।

रोशन र रोजिनाले आफ्नो जमिनमा प्रवेश गरेर धरपकड गरेको भन्दै साम्पाङविरूद्ध रिट दायर गरेका थिए ।

धरान उपमाहानगरपालिका– ४ स्थित छोटी मोरङ डाँडामा रहेको रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा मेयर साम्पाङले जबर्जस्ती बिरुवा रोपेको भन्दै अधिकारी दम्पतीले उजुरी दिएका थिए । 

साउन ११ गते उच्च अदालत, विराटनगरका न्यायाधीश मिलनकुमार राईको इजलासले अन्तरिम आदेश जारी गर्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त जग्गामा अनधिकृत रूपमा प्रवेश नगर्न, वृक्षरोपण गर्ने कार्य नगर्न, नगराउनु भनेको थियो। 

तर, गएको सोमबार मेयर साम्पाङ फेरि जमिनमा पुगेर घर भत्काइदिने धम्की दिएपछि विवाद भएको थियो।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  १ : ४९ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं- नेपाली बजारमा  सोमबार सुनकाे मूल्य बढेकाे छ ।  नेपाल

कांग्रेसको नाराबाजीका कारण प्रधानमन्त्रीले विश्वासको मत माग्न पाएनन्

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधि सभा बैठक सुरु, कांग्रेसको नाराबाजी

काठमाडौं- प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक सुरु

प्रधानमन्त्रीले विश्वासको मत लिँदा संसद अवरोध नहोस् : सभामुख

काठमाडौं– सभामुख देवराज घिमिरेले संसद अवरोध नगर्न विपक्षी दलहरुलाई अनुरोध