संयमता अपनाउन धरानवासीमा मेयर साम्पाङको अपिल | Khabarhub Khabarhub

संयमता अपनाउन धरानवासीमा मेयर साम्पाङको अपिल


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङले आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि  धरान नगरवासीहरूमा अपिल गरेका छन् । आज एक अपिल जारी गर्दै उनले पछिल्लो समय धरानमा जातीय द्वन्द्व बढ्ने खतरा बढ्दै गएको भन्दै सो अपील गरेका हुन् ।  

उनले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो शहर धरानमा केही दिनयता भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । 

उनले अपिलमा भनेका छन्– ‘बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधता बिचको एकता सामाजिक, सांस्कृतिक सदभावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो । समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने भएकाले आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरूमा हार्दिक अपील गर्दछु ।’

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  २ : १४ बजे

प्राप्त उपलब्धि संस्थागत गरेर थप उपलब्धि खोजौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त उपलब्धि

बाजुराका दुई स्थानीय तहलाई भारतीय दूतावासद्वारा एम्बुलेन्स उपहार 

धनगढी– भारत सरकारको उपहार स्वरुप बाजुराका दुई स्थानीय तहले एम्बुलेन्स

ट्राफिक प्रहरी दोलखाद्वारा २ करोड ३३ लाख राजस्व संकलन 

दोलखा– जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले पछिल्लो दश महिनाको अवधिमा

बजेट फेरि सांसदकै भागबन्डामा, चिर्कटोकै भरका योजना     

पोखरा– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आइतबार बजेट