विश्वकप छनोट एसिया फाइनलमा सिंगापुरको सुखद् शुरुवात « Khabarhub

विश्वकप छनोट एसिया फाइनलमा सिंगापुरको सुखद् शुरुवात


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सिंगापुरमा जारी ट्वान्टी–२० विश्वकप छनोट एसिया फाइनल अन्तर्गतको उद्घाटन खेलमा घरेलु टोली सिंगापुरले कतारलाई पराजित गर्दै  सुखद शुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा सिंगापुरले कतारलाई ३३ रनले पराजित गरेको हो ।

टस जीतेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाउँदा कतारले १८७ रनको लक्ष्य पाएको थियो ।

१८७ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो । कतारलाई पराजित गर्न सिंगपुरका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे ।

सिंगापुरका अम्जद महबुब र जनक प्रकाशले समान ३–३ विकेट हात हात पारे । कतारका लागि १ सय ५३ रन बनाउने क्रममा कप्तान तमोर सजादले ३४ रन, मोहम्मद रिजलानले ३३ रन जोड्दा भौसाल जवेदले २९ रन र मोहम्मद तानभिरले २६ रन बनाए का थिए ।

यसअघि पहिले ब्याटिङ गरेको सिंगापुरका लागि  सुरेन्द्रान चन्द्रमोहनले ४७, टिम डेविडले ३८, मनप्रित सिंहले ३४ र रोहन राजरोगनले ३२ रन बनाएका थिए । सिंगापुरविरुद्ध कतारका इकबाल हुसेनले चार विकेट लिए भने नौमन सर्वारले २ विकेट हात पारे ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ११ : ५७ बजे

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं- सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका

झलनाथको टिप्पणी- पार्टी विभाजन गरेर नयाँ खोल्न लागेको भन्दै कुप्रचार गरियो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी

विश्वकपमा तन्त्रमन्त्रको घमासान : पेरुका झाँक्रीले फुकाए घानाका झाँक्रीको ‘श्राप’

काठमाडौं- अमेरिका, क्यानडा र मेक्सिकोमा जारी सन् २०२६ को फिफा

नेतृत्वको कमजोरीले कम्युनिष्ट आन्दोलन कमजोर बन्यो : जनार्दन शर्मा

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेतृत्व तहमा

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौं– आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान