कोशी प्रदेशमा एमालेको सरकार बन्छ : ओली | Khabarhub Khabarhub

कोशी प्रदेशमा एमालेको सरकार बन्छ : ओली


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।

विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै ओलीले कोशी प्रदेशमा अब ५० सांसदसहित एमालेको नेतृत्वमा सरकार बन्ने बताए ।

मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै सर्वोच्च अदालतले दीर्घकालीन काम नगर्न भनेपछि ओलीले एमालेको सरकार बन्ने दाबी गरेका हुन्। 

उनले कोशी प्रदेशमा संविधान मान्ने र लोकतान्त्रिक भनिने कांग्रेस जस्तो पुरानो पार्टीले पनि संविधान नमान्दा आफू अचम्ममा परेको बताए ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले हस्ताक्षर गरेको प्रसङ्गलाई संकेत गर्दै ओलीले काङ्ग्रेसजस्तो पुरानो पार्टीले संविधान नमानेको देख्दा अचम्म लागेको बताए।

कोशीमा अहिले कांग्रेस नेतृत्वमा गठबन्धन सरकार छ। गठबन्धनमा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । यस्तै, एमालेसँग उपसभामुखसहित ४० र राप्रपाका ६ सांसद छन्। 

अध्यक्ष ओलीले मुलुकको इज्जत जोगाउन तथा अर्थतन्त्र र आर्थिक उन्नतिका लागि तस्करी नियन्त्रण अति आवश्यक रहेको atfP .

पूर्वप्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमाले दुई ठूला जिम्मेवार राजनीतिक दलले मुलुकमा सुशासन, आर्थिक विकासका लागि मिलेर आगाडि बढ्नुपर्नेमा दुई मत नरहेको स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ३ : ३७ बजे

सम्पादकहरूको विज्ञप्ति : प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्न खोज्नु खेदजनक

काठमाडौँ – नेपालको प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूले प्रहरी परिचालन गरेर पत्रकार

संसद् सचिवालयको सचिवमा दुराको बढुवा

काठमाडौं– सङ्घीय संसद् सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुराको बढुवा

ग्वार्को फ्लाइ ओभरको मुख्य संरचना निर्माण सम्पन्न

काठमाडौं– ललितपुरको ग्वार्कोस्थित फ्लाइ ओभरको मुख्य संरचना निर्माण सम्पन्न भएको

बजेट अभावमा सोती लिफ्टिङ खानेपानी योजना अलपत्र

पर्वत– बजेट अभावमा दक्षिण पर्वतको विहादी गाउँपालिका–२ बर्राचौरमा निर्माणाधीन सोती

‘विश्वविद्यालय सुधारका लागि राजनीतिक दलका शीर्ष नेतृत्वको प्रतिवद्धता आवश्यक’

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह