हिन्दु राष्ट्र पुनर्स्थापना नभएसम्म सत्ताको राजनीति गर्दैनौँ : कमल थापा | Khabarhub Khabarhub

हिन्दु राष्ट्र पुनर्स्थापना नभएसम्म सत्ताको राजनीति गर्दैनौँ : कमल थापा


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना नभएसम्म आफ्नो पार्टी सत्ताको खेलमा सहभागी नहुने बताएका छन् । 

बिहीबार र शुक्रबार दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम गराउन टाउको कफन बाँधेर आन्दोलनमा उत्रिएको बताए । 

यसका लागि आ–आफ्नो स्थानमा गएर सङ्घर्षको मैदानमा उत्रिन कार्यकर्तालाई निर्देशन दिँदै उनले ६ महिनाभित्र आफूहरूको लक्ष्य प्राप्त हुने दाबी गरे ।  काठमाडौँसहित देशका विभिन्न भाग सभाको आयोजना गर्ने भन्दै उनले यसलाई तेस्रो जनआन्दोलनमा रुपमा अगाडि बढाउने बताए । यस आन्दोलनमा सबैलाई सहभागी हुन उनको अपील छ । 

बेलैमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना नभए पछि पछुताउनुपर्ने भन्दै उनले गणतन्त्र र संघीयता खारेज गर्दै संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रका लागि आन्दोलन गरिने जानकारी दिए । राजसंस्था पुनर्स्थापना गर्न आफूहरू सफल हुने र पार्टीको मूल एजेण्डा रहने भन्दै उनले यसका लागि आन्दोलन घोषणा गरिएको बताए । 

कुनै दलमा विभाजन नभई देशको स्वाभिमान रक्षाका लागि सबै एकैस्थानमा उभिनुपर्ने भन्दै अध्यक्ष थापाले इमान्दारिता पूर्वक आफ्नो एजेण्डामा पुनर्विचार गर्न कांग्रेस, एमाले, माओवादीसहितका दलहरूलाई आग्रह गरे । 

जनता र राजा मिलेर देश बचाउनुपर्ने भन्दै घोषणा सभामा नारा लगाइएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ४ : २७ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्