वडाध्यक्षसहित ८ जना जुवाडे पक्राउ « Khabarhub

वडाध्यक्षसहित ८ जना जुवाडे पक्राउ


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.3k
Shares
  • change font
  • change font
  • change font

काभ्रे– पाँचखाल नगरपालिका-४ स्थित पाँचखाल बजारमा जुवातास खेलिरहेको अवस्थामा वडाध्यक्षसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार दिउँसो ४ बजेतिर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट १ लाख ९० हजार रुपैयाँसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भागेन्द्रपुरुष ढकालले जानकारी दिए। पक्राउ पर्नेको पहिचान खुलाइएको छैन।

उनीहरूको विवरण संकलन कार्य भइरहेकाले पहिचान नखुलेको प्रहरी प्रमुख ढकालले बताए। 

पक्राउ पर्नेमा एमाले र कांग्रेसका नेताहरूसमेत रहेका छन्।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ७ : ११ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी