महाकालीमा पानीको बहाव बढ्यो, बनबासा पुलमा सवारी आवमगन रोक « Khabarhub

महाकालीमा पानीको बहाव बढ्यो, बनबासा पुलमा सवारी आवमगन रोक


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – महाकाली नदीमा पानीको बहाव बढेसँगै शारदा ब्यारेजको बनबासा पुलमा चार पांग्रे सवारी साधन आवागमन बन्द गरिएको छ। बिहीबार साँझदेखि पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ।

शुक्रबार साँझ महाकालीमा पानीको बहाव १ लाख १० हजार २९० क्यूसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बिहानको तुलनामा साँझ बहाव बढेको बताइएको छ।

सय वर्ष पुरानो पुल जीर्ण भएका कारण नदीमा पानीको बहाव १ लाख क्यूसेक नाघ्नेबित्तिक्कै ठूला सवारी साधन आवागमनमा रोक लगाइँदै आएको छ।

 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ८ : ४१ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ