हेलम्बु गाउँपालिकाद्वारा पुनःनिर्माणमा सहयोग गर्न आग्रह | Khabarhub Khabarhub

हेलम्बु गाउँपालिकाद्वारा पुनःनिर्माणमा सहयोग गर्न आग्रह


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक–  मेलम्ची नदीमा आएको बाढीले थप क्षति पुर्‍याउन थालेपछि हेलम्बु गाउँपालिकाले बागमती प्रदेश सरकारसँग सहयोग माग गरेको छ । 

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गत साउन २८ गते र त्यसपछि लगातार आएको बाढी पहिराका कारण भएको क्षतिबारे अवगत गराउँदै आर्थिक मामिला तथा योजना मन्त्रालयलाई सहयोगका लागि अनुरोध गरे ।

उनले  बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्चालन नदीका तटीय क्षेत्र संरक्षण भौतिक संरचनाको पुनःनिर्माण गाउँपालिकाको एकल प्रयासमा मात्र सम्भव नहुने हुँदा प्रदेश सरकारसँग सहयोग मागिएको बताए ।  

सिन्धुपाल्चोकका केही नगर र गाउँपालिकामा विपद्का लागि रु एक करोड पठाए पनि हालसम्म अतिविपद् जोखिम रहेको मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी थाङ्पाल गाउँपालिकालगायतमा रकम पनि उपलब्ध नगराएको प्रति उनले असन्तुष्टि प्रकट गरे। उनले भने ‘हेलम्बु गाउँपालिकाका लागि मात्र तत्कालै रु तीन/चार करोड आवश्यक पर्दछ ।’

बाढीले हेलम्बु–४ स्थित जिल्लाकै पुरानो सरस्वती माविको एउटा भवन बाढीले बगाएपछि स्थानीयवासीको सक्रियतामा थप क्षति हुन नदिन प्रयासहरू भइरहेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  १० : ०२ बजे

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज