बैतडीमा  करेन्ट लागेर एकको मृत्यु « Khabarhub

बैतडीमा  करेन्ट लागेर एकको मृत्यु


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका– ५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखक रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

उनका अनुसार घरभित्र कोठामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका लेखकको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  

त्यस्तै, दशरथचन्द नगरपालिका– ५ आइतका ४३ वर्षीय केशवदत्त लेखक मृत भेट्टिएका छन् । केशव वडा नं ५ को कार्यालय नजिकै मृत फेला परेका प्रहरी निरीक्षक केसीले बताए। उनका अनुसार शनिबार घरबाट निस्केका केशव आइतबार बिहान मृत फेला परेका हुन् । 

केशवको मृत्युको कारण खुल्न सकेको नसकेको प्रहरी प्रवक्ता केसीले जानकारी दिए। ‘शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ’, उनले भने, ‘परीक्षण रिपोर्टपछि के कति कारणले मृत्यु भएको खुल्ने छ ।’ अहिले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ३ : ५६ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ