जाजरकोटमा विद्युतीकरण हुँदै | Khabarhub Khabarhub

जाजरकोटमा विद्युतीकरण हुँदै


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- जाजरकोटलाई विद्युतीकरण गर्नका लागि तयारी तीव्र पारिएको छ । यसका लागि तीन अर्बको ठेक्कासमेत गरिएको छ । जिल्लाको कुशे गाउँपालिकाको समाइला, पश्चिम जाजरकोटको वडावनलगायतका ठाउँमा नयाँ सबस्टेशन निर्माणका लागि रू तीन अर्बको नयाँ ठेक्का गरिएको हो ।

भेरी नगरपालिकाको कुदुमा नयाँ सबस्टेशन निर्माण भइसकेको छ । त्यस्तै पूर्वी जाजरकोटसहित तल्लो डोल्पासम्म विद्युतीकरण गर्नका लागि नलगाडको चोखामा सबस्टेशन निर्माण जारी रहेको नेपाल विद्युत प्राधिकरण जाजरकोटले जनाएको छ ।

बारेकोट, कुशे गाउँपालिकामा विद्युतीकरण गर्नका लागि समाइला सबस्टेशन निर्माण गर्न ठेक्का खोली कामको तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।

पश्चिको छेडागाड, शिवालय र जुनिचाँदेमा विद्युतीकरण गर्नका लागि वडावनको सबस्टेशनबाट काम हुने भएको छ । प्राधिकरणका प्रमुख अभिषेकराज कलवारले चौखाको सबस्टेशन छ महिनाभित्र पूरा हुने बताए । काम गर्ने जनशक्ति कम भएकाले केही प्रविधिक समस्या भएको उनको भनाइ थियो । उनका अनुसार कुदु सबस्टेशनबाट रुकुम पश्चिम, जाजरकोट र सल्यानमा प्रसारण लाइन लिइएको छ । ३३ केभी प्रसारण लाइन तीन जिल्लामा पुर्‍याएको जनाइएको छ ।

चौखाको सबस्टेशन निर्माणपछि ताक्सुगाड जलविद्युत् आयोजनासँगै डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना १०६ मेगावाटको निर्माणले निरन्तरता पाउने प्रमुख कलवारले बताए । उनका अनुसार १३२ केभी प्रसारण लाइन कोहलपुरबाट सिधैँ सुर्खेतको मैनतडामा आठ महिनाभित्र पुग्ने लक्ष्य राखिएको छ । “१३२ केभी प्रसारण लाइनलाई जाजरकोटसम्म ल्याएमा मात्र विद्युत् सेवा दिगो हुने अपेक्षा गरिएको छ”, उनले भने ।

चार सय केभी प्रसारण लाइनको लागि जाजरकोटको दानी पिपलबाट सुर्खेतको मैनतडासम्म प्रसारण तथा सबस्टेशनको काम यही आर्थिक वर्षमा गर्ने तयारी भइरहेको प्रमुख कलवारले जानकारी दिए । दुवै प्रसारण लाइन मैनतडामै जडान हुने प्राधिकरणले जनाएको छ ।

जिल्लाका सबै ठाउँमा विद्युतीकरण गर्नका लागि कुनै पनि सामग्रीको अभाव नभएको कार्यालयले जनाएको छ । जिल्लाभरी झण्डै ३० प्रतिशत विद्युतीकरण भएको छ । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्षभित्र कर्णालीभरी विद्युतीकरण गरिसक्ने दाबी गरेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ४ : ५५ बजे

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ

कोशी राजमार्गमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन ठप्प

खाँदबारी– कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको ठूलो पहिरोका कारण