हवाई दुर्घटना वाग्नरका प्रमुख प्रिगोजिनको मृत्यु भएको रूसी अनुसन्धानकर्ताद्वारा औपचारिक पुष्टि « Khabarhub

हवाई दुर्घटना वाग्नरका प्रमुख प्रिगोजिनको मृत्यु भएको रूसी अनुसन्धानकर्ताद्वारा औपचारिक पुष्टि


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मस्को- वाग्नर अर्धसैनिक समूहका प्रमुख येभगेनी प्रिगोजिनको बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएको औपचारिक आनुवंशिक विश्लेषणबाट पुष्टि भएको रूसको अनुसन्धान समितिले आइतबार जनाएको छ ।

छानबिन समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले भने, “टिवर क्षेत्रमा भएको विमान दुर्घटनाको अनुसन्धानको एक भाग आणविक–आनुवंशिक परीक्षण पूरा भएको छ । नतिजाअनुसार रूसी विमान दुर्घटनामा मृत्यु भएका १० जनाको पहिचान खुलेको छ । उनीहरू फ्लाइट लिस्टमा उल्लेखित सूचीसँग मिल्दोजुल्दो छन् ।”

दुर्घटनाग्रस्त एम्ब्रेयर प्राइभेट जेटमा रहेका अन्य नौ जनामध्ये वाग्नरको अपरेशनको व्यवस्थापन गर्ने र रुसी सैन्य गुप्तचर निकायमा काम गर्ने व्यक्ति दिमित्री उत्किन पनि थिए । वाग्नरले मस्कोको सैन्य नेतृत्वविरुद्ध विद्रोह गरेको ठीक दुई महिनापछि प्रिगोजिनको दुर्घटनामा मृत्यु भएको घटनामा क्रेमलिनको संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पत्रकारहरूका लागि घटनालाई ‘दुःखद’ भन्दै सम्भावित दुष्प्रचारको अफवाहलाई ‘सरासर झूट’ भनेका छन् ।

रूसी अधिकारीहरूले दुर्घटनापछि हवाई यातायात उल्लङ्घनको बारेमा अनुसन्धान सुरु गरेका छन् तर अन्यथा सम्भावित कारणको बारेमा विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ६ : ४८ बजे

उधौलीले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

सिरहा – सिरहाको धनगढीमाई-३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला

आज धान्य पूर्णिमा र योमरी पुन्हि

काठमाडौं – मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा

यो वर्ष हिउँदमा कम वर्षा हुने, कति चिसो बढ्ला ?

काठमाडौं – मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा

आज किराँत समुदायको उँधौली पर्व : हात्तीवनमा च्याबु्ङको तालमा धाननाच

काठमाडौं – मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र