एक हजार विपन्नको स्वास्थ्य बीमा गर्दै चितवनको कालिका नगरपालिका | Khabarhub Khabarhub

एक हजार विपन्नको स्वास्थ्य बीमा गर्दै चितवनको कालिका नगरपालिका


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भरतपुर- चितवनको कालिका नगरपालिकाले चालु आर्थिक वर्षमा एक हजार विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने भएको छ । नगरक्षेत्रभित्र स्थायी बसोबास गर्ने आर्थिक रुपमा विपन्न परिवारलाई नगरपालिकाले स्वास्थ्य बीमाका लागि फाराम भर्न आज सूचना जारी गरेको हो ।

नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको ‘नगर प्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रम’ लाई कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउन लागेको हो । यो कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ । यो आर्थिक वर्षमा करिब एक हजार विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य रहेको नगरपालिकाका प्रमुख विनोद रेग्मीले बताए ।

स्वास्थ्य बीमामा आबद्ध हुन इच्छुक लाभग्राहीले आफू र आफ्नो परिवार आर्थिक रुपमा विपन्न रहेको स्वघोषणा गर्दै सम्बन्धित टोल विकास संस्थाको सिफारिस लिएर वडा कार्यालयमा आवेदन दिन नगरपालिकाले आह्वान गरेको छ ।

प्राप्त निवेदनका आधारमा आवश्यकताअनुसार स्थलगत जाँचबुझसमेत गरी वडा समितिको बैठकले निर्देशक समितिलाई सिफारिस गरेको आधारमा स्वास्थ्य बीमामा आबद्ध हुन सक्ने व्यवस्था गरिएको रेग्मीले जनकारी दिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्यायले बीमामा लाग्ने शतप्रतिशत शुल्क नगरपालिकाले व्यवस्थापन गर्ने बताए ।

परिवारको कुनै सदस्य सरकारी सेवामा रहेको, अन्य कुनै कार्यक्रमबाट बीमा सुविधा लिइरहेको, परिवारको कुनै सदस्य वैदेशिक रोजगारी वा विदेशमा बसोबासमा रहेको, परिवारको सदस्य दक्ष श्रम गर्ने नियमित प्रकृतिको स्थायी जागिरमा रहेको, घरबासबाहेक पाँच कट्ठाभन्दा बढी जग्गा रहेको व्यक्ति वा परिवारले नगरप्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने पाउने छैनन् ।

यो कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि नगरप्रमुख संयोजक रहने गरी निर्देशक समिति गठन गरिएको छ । समितिमा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सबै वडाअध्यक्ष, नगर अस्पताल प्रमुख सदस्य रहने व्यवस्था छ ।

कालिका नगर अस्पताललाई प्रथम सेवा विन्दु कायम गरी स्वास्थ्य बीमा गर्ने नीति लिएको स्वास्थ्य शाखाप्रमुख दीपक भण्डारीले बताए । १५ दिनभित्र आवेदन दिन सूचना जारी गरिसकिएको उनले जानकारी दिए । नगरपालिकाको पहाडी क्षेत्रमा चेपाङ सामुदायको बसोबास छ । अधिकांश चेपाङ विपन्न छन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ७ : २३ बजे

धरती र जीवन दुवैमा शान्ति छाओस् : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गरेका

सोटो नेपालको अध्यक्षमा शाही चयन

काठमाडौं– नेपालका ट्राभल तथा टुर अपरेटरहरूकाे साझा संस्था सोसाइटी अफ

प्रधानमन्त्रीकै निर्देशनमा त्रिवि सिनेट बैठक स्थगित भएकोमा कांग्रेस असन्तुष्ट

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको प्रति नेपाली कांग्रेसका

उत्कृष्ट इञ्जिनियरलाई पुरस्कृत गरिँदै, आवेदन दिन आज अन्तिम दिन 

काठमाडौं– नेपाल इन्जिनियर्स एशोसिएसनले ६३औँ इन्जिनियर दिवस विविध कार्यक्रमसहित साउन

प्रि ओप सेसन : चार अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल