पेस्तोलसहित बूढानीलकण्ठबाट एक जना पक्राउ « Khabarhub

पेस्तोलसहित बूढानीलकण्ठबाट एक जना पक्राउ


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले बूढानीलकण्ठ–४, पासिकोटबाट एउटा ९ एमएम पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं–७ घर भएका २८ वर्षीय सुलभ भनिने सुरज श्रेष्ठ छन्। उनी गुण्डागर्दी र लागूऔषध कारोबारमा संलग्न रहेको प्रहरीको भनाइ छ।

श्रेष्ठले पहिले रामेछाप घर भएर बौद्ध बस्ने चुस्पे भनिने सानुभाइ लामालाई धारिलो हतियार प्रहार गरेका थिए। त्यस प्रकरणमा ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भएर उनी ५ वर्ष कैद भुक्तान गरेर २०७१ सालमा छुटेकमा थिए।

अहिले फेरि उनी हतियारसहित पक्राउ परेका हुन्। घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ८ : १४ बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार