कम्युनिष्ट शक्तिबीच कार्यगत एकताको खाँचो छ : माधव नेपाल « Khabarhub

कम्युनिष्ट शक्तिबीच कार्यगत एकताको खाँचो छ : माधव नेपाल


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिले जनताको समस्या केन्द्रित गर्ने संसद् प्रतिपक्षीको कारण राम्रोसँग चल्न नसकेको बताएका छन् ।

समाजवादी प्रेस सङ्गठनको दोस्रो स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले प्रतिपक्षीले गरेको संसद् अवरोध ठीक तथा बेठीक थियो भन्ने समाचार नागरिकलाई सञ्चार जगत्ले प्रवाह गर्नुपर्ने बताए । उनले अहिलेसम्मका राजनीतिक उपलब्धि रक्षाका लागि कम्युनिष्ट शक्तिबीच कार्यगत एकताको खाँचो औँल्याए ।

पूर्वप्रधानमन्त्री नेपालले मुलुकमा नेपाली विशेषताको समाजवाद कार्यान्वयनका लागि सुशासनको प्रत्याभूति, राष्ट्रिय पूँजीको विकास र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिए । उनले राष्ट्रियता संरक्षण, जनअधिकार, वामपन्थी दलमा देखापरेका विचलन र उनीहरूमा पूँजीवादी चरित्रको बढ्दो प्रभाव, विकास हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी प्रभाव देखापरेकाले आफ्नो दललाई त्यसबाट मुक्त गर्नुपर्नेमा जोड दिए । पूँजीवादी चरित्रको अन्त्य गर्न आम कम्युनिष्टलाई एकीकृत गर्नुपर्ने भन्दै उनले जनतालाई समाजवादी रूपान्तरणका लागि दिशानिर्देशन गर्न सकिने बताए ।

पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्गठन सुदृढीकरण, पार्टीको भावी रणनीति, जनताको सेवा, सुशासन, समाजवादी व्यवस्थाका सम्भाव्यतालगायत विषयमा पत्रकारले कलम चलाउनुपर्ने बताए । सो अवसरमा विभिन्न सङ्गठनका प्रतिनिधिले स्थपना दिवसको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  १० : ०४ बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र