नेपालका म्याक्स बस्नेत स्कटल्याण्ड बक्सिङको च्याम्पियन | Khabarhub Khabarhub

नेपालका म्याक्स बस्नेत स्कटल्याण्ड बक्सिङको च्याम्पियन


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका म्याक्स (मनोहर) बस्नेतले स्कटल्याण्ड च्याम्पियनको उपाधि जितेका छन् ।

नेपालबाट प्रतिनिधित्व गर्दै बेल बक्सिङसँग एकेडेमी, स्कटल्याण्डको निमन्त्रणामा स्कटल्याण्ड पुगेका बस्नेतले स्कटल्याण्डका बक्सर च्याम्पियन अलिस्टेअर फ्रेवलाई हराउँदै सो उपाधि जितेका हुन् ।

मुलेन बक्सिङ प्रमोसनले आयर रेसकोर्स, स्कटल्याण्डमा आयोजना गरेको खेलमा स्कटीस क्रुजवेट च्यामपियन अलीस्टेअरलाई हराएसँगै नेपाली बक्सर म्याक्स बस्नेत स्कटीस क्रुजवेट च्यापियन बनेका हुन । 

यो सँगै म्याक्स युरोपियन बक्सिङ च्याम्पियनका लागि पनि छनोट भएका छन् ।

गत शनिवार राति स्कटल्याण्डमा सम्पन्न बक्सिङ प्रतियोगिता जितेसँगै नेपाली बक्सर अर्थात् स्कटीस क्रुजवेट च्यापियन म्याक्स बस्नेतलाई स्कटल्याण्डकै चर्चित तथा पुरानो बक्सिङ क्लब बेल एकेडेमीले आफ्नो को–सीईओमा नियुक्त गरेको छ ।

बेल बक्सिङ एकेडेमी स्कटल्याण्डका को–सीईओमा नियुक्त भएका बस्नेतले नेपालमा सम्भावना बोकेका बक्सिङ खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्लेटफर्म उपलब्ध गराउने योजनामा अभ्यास गर्ने बताएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ७ : २२ बजे

नेपाली पर्वतारोहीलाई काठमाडौंमा भव्य स्वागत

काठमाडौं– छिमेकी राष्ट्र चीनमा अवस्थित ८ हजार २७ मिटर अग्लो

बीपी राजमार्गमा रुटका सबै सवारी साधन सञ्चालन हुने

काठमाडौं– अविरल वर्षा र बाढी पहिरोका कारण अवरुद्ध भएको बीपी

प्रहरीको आवरणमा ठगी धन्दा, एक जना पक्राउ

रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखका घुमुवा हुँ भन्दै

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते

बर्दिया– भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार

प्रदर्शनअघि नै पीटीआईका ३५ कार्यकर्ता पक्राउ

एजेन्सी– अक्टोबर १५ मा हुने पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) को प्रदर्शनअघि