काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले संसदीय समिति सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।
सांसद पराजुलीले प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिका लागि दिएको उम्मेदवारी फिर्ता लिएका हुन् ।
पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका सांसद अब्दुल खान समिति सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
आइतबार प्रतिनिधिसभाअन्तर्गतका १० समितिको नेतृत्वका लागि ९ वटामा एकल र एउटामा दुई जनाको उम्मेदवारी परेको थियो। एकल उम्मेदवारी परेका समितिका सभापति निर्विरोध निर्वाचित भएको घोषणा समिति बैठकले गर्नेछ ।
प्रतिक्रिया