गठबन्धन परिवर्तन गर्ने मनसाय छैन : कांग्रेस नेता रिजाल | Khabarhub Khabarhub

गठबन्धन परिवर्तन गर्ने मनसाय छैन : कांग्रेस नेता रिजाल


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले गठबन्धन परिवर्तन गर्ने कांग्रेसको कुनै मनसाय नरहेको बताएका छन । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धन बनाउने नाममा कांग्रेसले आफ्ना मूल्य र मान्यतामा सम्झौता नगरेको बताएका हुन् । कांग्रेसका आधारभूत मूल्य र मान्यताभन्दा बाहिर नगएसम्म सरकारले कांग्रेसबाट चिन्ता गर्न नपर्ने नेता रिजालले बताए ।

उनले भने, “कांग्रेसको पूर्ण समर्थन सरकारलाई छ, त्यो मूल्य र मान्यताभन्दा बाहिर जाने हो भने कांग्रेसको जुन नेतालाई फकाए पनि गठबन्धन टिक्दैन ।” कांग्रेसका केही आधारभूत मूल्य र मान्यता भएको भन्दै उनले त्यो आधारभूत मूल्य र मान्यताभन्दा बाहिरबाट सहयोग खोज्न नहुने बताए ।

सरकारको सबैभन्दा ठूलो पार्टी कांग्रेस रहेको भन्दै उनले भने, “कांग्रेस चाहिँ टाउकोमुनि मात्रै देखिने, अरूको अनुहार देखिने सरकार हुन सक्दैन ।” नेपाली कांग्रेसले भ्रष्टाचारका विषय लुकाउनु पर्छ भनेर कहीँ नबोलेको उनको भनाइ थियो ।

उनले भने, “केन्द्रीय समितिको बैठकमा समेत यो विषयमा निर्णय गरेका छौं ।” भ्रष्टाचार नियन्त्रणका विषयमा पार्टीले गृहमन्त्री र प्रहरीलाई कुनै पनि किसिमको दबाब नदिएको उनले स्पष्ट पारे । उनले भने, “अनुमानको भरमा कसैलाई आरोप लगाएर हिँड्नु हुँदैन । कांग्रेस पार्टीले निर्णय नै गरेको छ ।”

उनले भने, “कांग्रेसले नचाहँदा न सरकार रहन्छ, न कुनै काम अघि बढ्न सक्छ । कांग्रेसको चाहना विपरीत भयो भन्नु झुट्टा प्रचार हो ।” कांग्रेस पार्टीका जुनसुकै पदमा भएको व्यक्ति भए पनि छानबिनको दायरामा आउने बताउँदै उनले प्रश्न गरे, “अर्को पार्टीको मान्छे खोई त ? मान्छेको हैसियत, कद हेरेर जोगाउने काम भएको छ भने जोगाउने काम अर्को पार्टीले गरिरहेको छ । कांग्रेस त्यता लागेको छैन ।”

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ४ : १३ बजे

बागमती प्रदेशसभा बैठक बस्दै 

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११

सूचना प्रविधिको अधिकतम उपयोगमा अर्थमन्त्रीको जोड

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना

सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूको बोलाएका छन्

अष्ट्रेलियाका लागि नेपाली राजदूत यादवबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

अष्ट्रेलिया– अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले गभर्नर जनरल साम

‘मिसेस ब्युटी क्विन नेपाल– २०२५’ को ताज वर्षा कुवरलाई  

काठमाडौं– व्यवसायी वर्षा कुवरले ‘मिसेस ब्युटी क्विन नेपाल सिजन सातको