हामी सबैलाई आफ्नो घरमा सुख, शान्ति र समृद्धि छाओस् भन्ने चाहना हुन्छ । त्यसैले विभिन्न बस्तुहरू घरका कोठामा राख्न खोज्छौँ । त्यसैगरी हामीले धेरै मानिसको घरमा मयूरका प्वाँखहरु राख्ने गरेको देखेका छौँ ।
हिन्दु धर्ममा मयूरका प्वाँखहरू धनकी देवी लक्ष्मी र शिक्षाकी देवी सरस्वतीसँग पनि सम्बन्धित छ । भाग्य, सम्पन्नता र समृद्धिको लागि पनि मयूरको पूजा गरिन्छ । मयूर विद्याकी देवी सरस्वतीको प्रिय भएकाले विद्यार्थीले मयूरको प्वाँख किताबभित्र राख्ने चलन छ ।
आज हामी मयूरको प्वाँखको बारेमा जानकारी गराउँदै छौँ । हामी सबैले देखेका छौँ कि भगवान् श्री कृष्णको शिरमा सधैँ मयूरको प्वाँख हुन्छ । त्यसैगरी मयूरको प्वाँख भगवान् श्री गणेश र कार्तिकेय जस्ता धेरै देवताहरूको मनपर्ने आभूषण पनि भएकाले यसलाई घरमा राख्नु निकै शुभ मानिन्छ ।
वास्तुशास्त्र अनुसार घरमा राखिएको मयूरको प्वाँखले घरमा भएको नकारात्मक ऊर्जालाई टाढा राख्छ । घरमा मयूरको प्वाँखहरू राख्नाले सम्बन्धमा मिठास ल्याउँछ भन्ने विश्वास गरिन्छ ।
घरको कस्तो ठाउँमा राख्ने त ?
धर्मशास्त्र, ग्रन्थ, वास्तु र ज्योतिष शास्त्रअनुसार घरमा मयूरको प्वाँख राख्दा जहिले पनि त्यस्तो ठाउँमा राख्नु पर्छ जहाँबाट सबैलाई सजिलै देखिन्छ । घरमा मयूरको प्वाँख राख्नु धेरै महत्त्वपूर्ण छ ।
प्रतिक्रिया