दीपिकाको ठाउँमा क्याटरीनाको इन्ट्री, यो फिल्ममा हुनेछ ऋतिकसँग जोडी « Khabarhub

दीपिकाको ठाउँमा क्याटरीनाको इन्ट्री, यो फिल्ममा हुनेछ ऋतिकसँग जोडी


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सन् १९८२ मा रिलिज भएको अमिताभ बच्चन र हेमा मालिनी स्टारर फिल्म ‘सत्ते पे सत्ता’ को रिमेक बन्ने भएको छ । यो फिल्ममा बलिउडको सुपरहिट जोडीमध्ये एक ऋतिक रोशन र क्याटरीना कैफको शीर्ष भूमिका हुनेछ ।

पहिले यो फिल्ममा दीपिका पादुकोणले अभिनय गर्ने चर्चा चलेको थियो ।

भारतीय मिडियाका अनुसार यो फिल्ममा पहिले दीपिका हुने भनिए पनि अब भने क्याटरीनाले अभिनय गर्ने भएकी हुन् । क्याटरीना र ऋतिकको जोडी चलचित्र ‘जिन्दगी ना मिले दोबारा’ मा पनि देखिएको थियो । उक्त फिल्ममा ऋतिक र क्याटरीनाको जोडीलाई धेरैले रुचाएका थिए ।

खबरका अनुसार ‘सत्ते पे सत्ता’ को रिमेकमा को नायिका लिने भनेर निर्माण टिमले एक लिस्ट तयार पारेको थियो । निर्मातालाई पनि कुन नायिका लिने भन्नेमा दोधार थियो । अन्तत: क्याटरीना नै यो फिल्मका लागि छनोटमा परेकी छिन् ।

यो फिल्ममा इन्ट्री हुने भएपछि क्याटरीना पनि उत्साहित छिन् ।

फिल्ममा ७ भाइको कहानी हुनेछ । अमिताभ बच्चनले जेठा दाइको भूमिका निभाएका थिए । उक्त भूमिकामा अब ऋतिकलाई देख्न सकिनेछ । अन्य कलाकार अझै चयन गरिएको छैन ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ४ : ५४ बजे

पोखराका भीम सार्कीको आक्रामक ब्याटिङले काठमाडौंलाई दियो १६६ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

१९ बलमा काठमाडौंका भीमको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

उँधौली लागेसँगै भेँडाबाख्रा लिएर उँधो झरे गोठाला

गोरखा– उधौली लागेसँगै लेकका गोठ उँधो अर्थात् बेँसीतर्फ झार्न सुरु

गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी

जेरुसेलम– इजरायली सेनाले गाजामा बन्धक बनाइएका सबै बन्धकहरूको शव पहिचान

दुर्लभ चरा संरक्षणमा चासो

तानसेन – चरा संरक्षणकर्मीहरुले दुर्लभ चरा संरक्षणमा चासो देखाएका छन्